कला साहित्य

शारदा शर्माको ‘कम्प’ सार्वजनिक

शारदा शर्माको ‘कम्प’ सार्वजनिक
असाेज - ३ । लेखक शारदा शर्माको दोस्रो उपन्यास ‘कम्प’ आज सार्वजनिक गरिएको छ । उक्त पुस्तकलाई साङ्ग्रिला बुक्सले बजारमा ल्याएको हो । kampa-sarddh-sharma राष्ट्रकवि माधवप्रसाद घिमिरे, लेखककी आमा राधाकुमारी तथा लेखकका पिता साहित्यकार महेश्वर शर्मा, लेखक खगेन्द्र सङ्ग्रौला लगायतले संयुक्त रुपमा उक्त पुस्तकको विमोचन गरे। सो अवसरमा राष्ट्रकवि घिमिरेले पुस्तककी नायिका ‘चित्रागङ्दा’ ले जब आफूलाई गर्ने प्रेममा स्वार्थ भेट्छिन्, तब उनले आफूले प्रेम गरेकाहरुलाई समेत त्याग्छिन् भनी नारी पात्रलाई सशक्त रुपमा देखाउन खोजिएको बताए। लेखक सङ्ग्रौलाले कम्पले हिन्दू पुराणको शल्यक्रिया गरेको बताउँदै भने, “पुस्तकले नर्कको अवस्थाको व्याख्या गरेको छ । त्यहाँ नर्क भनेर गरिएको बयान वास्तवमा नर्क नभई नेपालको अवस्था व्याख्या गरिएको छ ।” पुस्तकका लेखक शर्माले गत सालको भूकम्प र श्रीमान् नरहरि आचार्यको बिरामीले आफूलाई कम्पित बनाएपछि उक्त पुस्तक लेख्न प्रेरित भएको बताइन् । समालोचक अर्चना थापाले मूलधारका पुस्तकले नारी पात्रलाई छायामा राखे पनि भने नर्कमा गएर पनि आफ्नो तथा सम्पूर्ण महिलाको हकहितका लागि लड्न सक्ने सशक्त महिलाका रुपमा उभ्याएको बताइन्। लेखकका पिता शर्माले समाजले बेहोर्दै आएको सामाजिक घटनाबाट प्रेरित भएर उक्त पुस्तक लेखिएकाले समाजका हरेक व्यक्तिले पुस्तकमा आफ्नै कथा देख्ने र पढ्नेछन् बताए ।

Kampa sarddha Sharam

विशेष