प्रधानमन्त्री प्रचण्ड आफ्नो पहिलो घोषणामै असफल भए
असोज ४ । पूर्वघोषणाअनुसार भूकम्प प्रभावित परिवारलाई घर बनाउन पहिलो किस्ता रकम उपलब्ध गराउन सरकार असफल भएको छ । सरकारले प्रभावित परिवारलाई ४५ दिनभित्र अनुदानबापतको पहिलो किस्ता उपलब्ध गराउने घोषणा गरेको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले पदभार ग्रहण गरेलगत्तै साउन २० गते भूकम्पपीडितलाई ४५ दिनभित्र पहिलो किस्ताको ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराउन निर्देशन दिएका थिए । ४५ दिनको समयसीमा आइतबार सकिएको छ । तर, अझै १ लाख ५७ हजार ४ सय ६७ पीडितले पहिलो किस्ता पाएका छैनन् । नागरिक दैनिकबाट