लोकमानले नेपालमा सातो लिएपछि प्रचण्डले दिल्लीमा भारतअनुकुलको वक्तव्यमा ल्याप्चे लगाए
असोज ५ । के लोकमनलाई अयोग्य ठहर्याएर सर्वोच्चले पदच्यूत गर्न लागकै हो ? बिहीबारको आदेशलाई राम्ररी केलाउने हो भने त्यसले त्यस्तै संकेत गर्छ । यसो किन भन्न सकिन्छ भने लोकमान सपरिवार विदेश गएकै अवसर पारेर अर्को विहीबार मुद्दाको पेशी चढ्दै छ । यससम्बन्धी पहिले डिभिजन बेञ्चले गरेको सफाई दिने फैसला अख्तिको आदेशबाट उल्टिसक्यो ।
लोकमानको अनुकूल फैसला अउोन सम्भावना किन पनि कम छ भने उनको कार्यशैली उही दरबारिया खालको भएको टिप्पणी व्याप्छ छ । अख्तियारभित्र र बाहिर सबैतिर उनले आफूलाई लगामबिहीन रुपमा प्रस्तुत गरिरहेका छन् । यसर्थ शुत्र बढ्दा छन् । शायद आफूमाथि अनिष्ट हुने संकेत पाएर नै होला, घटस्थापनाको एक दिन अघि १४ गतेका लागि तयारी गरेको क्यानाडा भ्रमणलाई अगाडि सारे ।
अनि संविधान दिवसको दिन ३ गते प्रधानमन्त्री अमेरिका उड्न ठिक्क मितिमा आफूले पनि हप्ता दिनसम्म अफिस नगई पत्नी र छोरासहित २ हप्ताको निम्ति देश छाडे ।
सर्वोच्चले लोकमानको सक्कल फाइल झिकाउने कडा आदेश दिएकै दिन वर्षौअघि परेको लडाकु शिविर गएको ठूलो धनराशीको खोजी अनुसन्धान थाल्ने अख्तियारको निर्णयलाई धेरैले संयोग मात्रै होइन भनेका छन् । अख्तियारमा लोकमानको उक्त एकल निर्णयकै कारण मानसिक दबाब सिर्जना भएर प्रचण्डले भारतीय चाहनाअनुसारको संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्नु परेको बालुवाटार स्रोतको भनाइ छ । –जनआस्था साप्ताहिकबाट