कला साहित्य

कोठीमा आइपुगेको मैले नजन्माएको छोरो

कोठीमा आइपुगेको मैले नजन्माएको छोरो

por असोज ५ । एकपटक एउटा अनौठो घटना भयो । सायद कोठीहरूमा अपवादका रूपमा हुने घटना । एकपटक हाम्रो बंगलामा मोजमस्तीका लागि कलेजका केही केटाहरू आएका थिए । ती केटाहरू आ–आफूले मन पराएका केटीहरू लिएर कोठामा गए । तीमध्येकै एउटा केटाले मलाई रोज्यो । मेरो कोठामा आयो । त्यति बेला म त कलिलै थिएँ । भर्खर बच्चा जन्मिएकाले मेरो स्तनबाट दूधका धारा चुहिरहेको हुन्थ्यो । निप्पल अलिकति निचोर्दा नै दूध चुहिन्थ्यो । कलेजको त्यो भर्खरको केटाले मेरो छातीमा त्यसरी दूध बगेको देखेछ ।

ऊ निकै आश्चर्यचकित भयो । उसले भन्यो, ‘मलाई तिमीसँग अरू केही गर्नु छैन । बस मलाई यो दूध खान देऊ ।’ ‘के नचाहिंदो कुरा गर्छौ !?’ बर्बराउँदै भनें— ‘क्या ! खुस्केटहरू आउँछन् ।’ ‘होइन, मैले तिमीसँग मजाक गरेको होइन ! मलाई दूध खान देऊ !’ उसले भन्यो । ‘किन त्यसो भनेको ?’ मैले जिज्ञासा राखें । ‘मैले आजसम्म आमाको दूध खाएको छैन । अबदेखि तिमी मेरा लागि आमा समान हौ । म तिमीलाई एउटी आमासरह सम्मान गर्छु । प्लिज, मलाई दूध खान देऊ’ उसले भन्यो । मेरो लागि त्यो बडा अनौठो प्रस्ताव थियो । सुरुमा त मलाई ‘कस्तो दिमाग खलबलिएको ग्राहक आयो,’ भन्ने लागेको थियो । सुरुमा एकदम रिस पनि उठ्यो । ‘तिमीलाई मैले दूध चुसाउनैपर्छ भन्ने छ ? जे कामका लागि आएको हो त्यही गर,’ मैले रिसाउँदै भनें । ‘मलाई यहाँ यस्तो काम हुन्छ भन्ने पहिला थाहा थिएन ।

म त केटाहरूको लहलहैमा लागेर आएको । यहाँ आएपछि तपाईंलाई भेट्दा मेरी आमालाई भेटेजस्तो लाग्यो । मैले आजसम्म आमाको दूध खान पाएको थिइनँ, त्यसैले तपाईंलाई आमा बनाउन चाहेको हुँ,’ उसले भावुक हुँदै भन्यो । उसको कुरा सुनिसकेपछि म पनि अलि भावुक भएँ । यदि कसैले मलाई ‘आमा’ सम्बोधन गरेर स्तनपानको याचना गरिरहेको छ भने त्यस्तो बेला के गर्ने ? म केही पल अलमलमा परेकी थिएँ । आखिर मलाई लाग्यो, जब उसले मलाई आमा नै भनिसकेको छ भने उसलाई छोरा मानेर स्तनपान गराउन केको आपत्ति ? खै कुन अन्तप्र्रेरणाले हो, मैले उसलाई स्तनपान गराएँ । कुनै पनि स्त्री र पुरुषबीच सम्बन्धका विविध आयाम हुन्छन् ।

त्यो केटाले हाम्रो सम्बन्धलाई यौनकर्मी र ग्राहकको सम्बन्धबाट माथि उठाएर एकैचोटि आमा र छोराको सम्बन्धमा र्पुयाएको थियो । ‘कामवासना’ बाट एकैचोटि माथि उठेर उसले मबाट ‘मातृवात्सल्य’को चाहना प्रकट गरिरहेको थियो । स्तनपानपछि उसले मलाई तीन–चार पटक धन्यवाद दियो । उसले के पनि भन्यो भने उसको बाल्यकाल डिब्बाकै दूधको भरमा बितेको रहेछ ।

उसले पहिलो पटक कुनै आमाको दूध चुस्न पाएको रहेछ । उसका कुरा सुनेर एकाएक मेरा आँखा रसाए । दूध चुसेर ‘छोरा’ त गइहाल्यो, तर त्यो अनौठो घटनाले यता ‘आमा’लाई पछिसम्म पिरोलिरह्यो, भावुक बनाइरह्यो । आखिर त्यो त उच्च चेतना भएका मानिसहरू पनि कहिलेकाहीं बरालिएर कोठीसम्म आइपुग्दा रहेछन् । आफ्नो विवेक, करुणा र प्रेम प्रकट गरेर जाँदा रहेछन् । मैले नजन्माएको त्यो ‘छोरो’ आज कहाँ होला, मलाई थाहा छैन । तर जहाँ भए पनि त्यो छोरोलाई यो आमाको सदा आशीर्वाद रहनेछ ।

सुनीता दनुवारको पुस्तक ‘आँसुको शक्ति’को एक अंश

Ashuko Sakti Sunita Danuwar

विशेष