विचित्र विश्व

चीनमा कुकुरका लागि ८ वटा आइफोन ७ एस

चीनमा कुकुरका लागि ८ वटा आइफोन ७ एस
असोज - ५ । आइफोन ७ एसले विश्व बजार तताइरहेको बेलामा फेरि कुकुरलाई आठ ओटा आइफोन ७ एस किनिदिएको समाचारले चर्चा कमाएको छ । चीनमा एक धनाढ्य व्यक्तिका छोराले आफूले पालेको कुकुरको लागि आठ ओटा आइफोन ७ एस किनिदिएका हुन् । iphone-dog चिनियाँ धनाढ्य वाङ जियालिनका छोरा वाङ सिकोङले आफ्नो कुकुर वाङ केकेका लागि आइफोन ७ एस किनिदिएर त्यसको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । चिनियाँ सामाजिक सञ्जाल सिनो वेइबोमा केकेका १९ लाख फ्लोअर्स छन् । dog-iphone7 सिकोङले केकेकै एकाउण्टबाट आइफोनका तस्बिर सार्वजनिक गरेका हुन् । केकेकै एकाउण्टबाट आफ्नो परिवारका महत्वपूर्ण सामानका बारेमा भन्छन् । गत वर्ष उनले कुकुरलाई १५ हजार अमेरिकी डलर पर्ने एप्पललको वाच किनेको बताएका थिए । iphone-7-dog

China dog Iphone7

विशेष