बडिबिल्डर साँढे जसको कसरत बिना मांसपेशी छुट्टिएको देखिन्छ

असोज – ५ । बेल्जियम बुल (साँढे)लाई बडिबिल्डर बुलको नामले समेल चिनिने गरिन्छ ।
मानिसको झैँ मांसपेशी छुट्टिएको देखिने हुनाले यसको नाम बडिबिल्डिङ राखिएको हो, जुन सामान्य साँढे भने होइन ।
यी साँढे हाइब्रिड हुन् जसलाई पहिलो पटक सन् १९९७ मा तयार गरिएको थियो । विशेष ब्रिडिङ प्रक्रियाबाट जन्माइएको साँढेका बाच्छा सामान्य देखिन्छन् तर ४–५ हप्ता पछि यसको मांसपेशी तीव्र विकास हुन थाल्छ ।
ब्रिडिङ अनुसार विभिन्न रंगमा पाइने यो बडिबिल्डिङ साँढे १३०० किलोग्रामसम्मका हुने गर्छन् र यीनको उचाई करिब १.५ मिटरसम्म हुन्छ । सामान्य वयस्क साँढे ९०० किलोसम्मका मात्र हुन्छन् ।
Bull
Hybridge


