राजनीति

आफ्ना देशका लाखौं मैथिली भाषीको अपमान गरेर भारत खुसी पार्न हिन्दीलाई सरकारी कामकाजी भाषा बनाइँदै

आफ्ना देशका लाखौं मैथिली भाषीको अपमान गरेर भारत खुसी पार्न हिन्दीलाई सरकारी कामकाजी भाषा बनाइँदै

prachanda-modi-india-agreement-nepalaajaअसोज ७ । संविधानप्रति असहमति जनाउँदै अन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चोको माग सम्बोधन गर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमांकनसहितको संशोधन प्रस्ताव लैजाने तयारी शुरु गरेका छन् ।

नवलपरासीलाई अखण्ड बनाइ त्यहाँदेखि बर्दियासम्मका भूभागलाई एकै प्रदेश बनाउने र विवादित पाँच जिल्लालाई आयोगमार्फत टुंग्याउनेसहितको संशोधन प्रस्ताव लैजाने तयारी दाहालले गरेका छन् ।  प्रधानमन्त्री दाहालले वैवाहिक अंगीकृतलाइ राज्यको प्रमुख पदमा जान बाधा नहुने गरी संशोधन प्रस्ताव व्यवस्थापिका संसदमा लैजाँदैछन् ।

हिन्दी भाषालाई पनि सरकारी कामकाजको भाषाका रुपमा संविधानको अनुसूचीमा राख्ने वचन प्रधानमन्त्री दाहाल र गृहमन्त्री विमलेन्द्र निधिले मधेसी मोर्चालाई दिएका छन् । –नागरिक दैनिकबाट

विशेष