ज्यान मुद्दा फिर्ता लिन खोज्ने गृहमन्त्रीलाई अर्यालले भने,‘हत्या गरिएका ती प्रहरीका पत्नीहरु आए भने के जवाफ दिनुहुन्छ ?
असोज ७ । कैलालीको टीकापुरमा गत वर्ष भएको प्रहरी हत्यालाइै राजनीतिक मुद्दा भनी उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले अडान लिएपछि प्रहरी नेतृत्व र गृहमन्त्रीबीच विवाद उत्पन्न भएको छ ।
मधेस आन्दोलनका क्रममा टीकापुरमा दुई वर्षे बालक र आठ प्रहरीको हत्या गर्ने आपराधिक व्यक्तिहरुमाथि लगाइइको मुद्दा झुटो भएको भन्दै गृहमन्त्री निधिले मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाएपछि नेपाल प्रहरी नेतृत्वले त्यसको कडा प्रतिवाद र आलोचना गरेको छ । गृह र कानुन मन्त्रालयसाथै सर्वोच्च अदालतको विगतको फैसलाले समेत प्रहरीको अडानलाई बल पुर्याएपछि गृहमन्त्री अहिले अप्ठ्यारोमा परेका छन् ।
स्रोतका अनुसार महानिरीक्षक अर्यालले गृहमन्त्री निधिसँग गम्भीर प्रकृतिका मुद्दा फिर्ता लिए प्रहरी संगठन र प्रहरीको कार्यशैलीमा असर पर्ने बताएका थिए । अर्यालको सुझावबाट असन्तुष्ट भएकाले राजनीतिक ढंगले सुल्झाउन उनीहरुको मुद्दा फिर्ता गरिने बताए । जवाफमा महानिरीक्षक अर्यालले भने, ‘हत्या गरिएका ती प्रहरीका पत्नीहरु आए भने के जवाफ दिनुहुन्छ ? म ती सेता लुगा लगाएका एकम महिलालाई तपाइकोमा ल्याइदिन्छु । ’
महानिरीक्षकको भनाइबाट क्रुद्ध बनेका गृहमन्त्रि निधिले, ‘आन्दोलनकारी पनि मारिएका छन्, तीन सबैको जिम्मा लिनु हुन्छ ? भन्दै प्रतिप्रश्न गरेका थिए । –अन्नपूर्ण पोस्ट्बाट