राजनीति

भूकम्पपीडितको ब्यथा बन्यो अब राजनीति गर्ने मुद्दा

भूकम्पपीडितको ब्यथा बन्यो अब राजनीति गर्ने मुद्दा

sushil-gyawaliअसोज ७ । सरकारले भूकम्प प्रभावित क्षेत्रमा राहत, पुनर्उत्थान र पुनर्निर्माणको काममा सुस्तता भएको भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सिइयो सुशील ज्ञवालीलाई हटाउने तयारी गरेको छ । मन्त्रिपरिषदको बिहीबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पका काममा अत्यन्तै सुस्तता आएको भन्दै त्यसको नेतृत्व हेरफेर गर्ने विषयमा अनौपचारिक छलफल गराएका छन् ।

दाहालले सरकारले घोषणा गरेका कार्यक्रमहरुसमेत कार्यान्वयन गराउन नसकेको भन्दै प्राधिकरणका सिइयोको असहयोग आफूले अनुभव गरेको धारणा राखेका थिए । त्यसलगत्तै कांग्रेसले मन्त्रीहरुले पनि प्राधिकरण धेरै सुस्त भएको भन्दै छलफल गर्नु पर्ने धारणा राखेका थिए । स्रोतका अनुसार कांग्रेस माओवादी केन्द्र प्राधिकरणका सिइयोले वर्तमान सरकारलाई असहयोग गर्न थालेको भन्दै हटाउने निष्कर्षमा पुगेका छन् । –अन्नपूर्ण पोस्ट्बाट

विशेष