मधेसी मोर्चाको चित्त बुझाउने अन्तिम अश्त्र प्रयोग हुँदै
असोज ८ । प्रधानमन्त्री पुष्पकमल दाहालले एक साताभित्र संविधानको दोस्रो संशोधन प्रस्ताव दर्ता गर्ने गरी मधेस–केन्द्रित दलसँग कुराकानी थालेका छन् । निर्वाचनलगायत संविधान कार्यान्वयन प्रक्रिया अघि बढाउन समय घर्किदै गएकाले दाहालले सहमति प्रयासलाई तीव्रता दिएका हुन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेसमा दुई प्रदेश हुने गरी सीमांकन हेरफेर माग्दै आएकामा दाहालले विवादित पाँच जिल्लालाई उच्चस्तरीय राजनीतिक संयन्त्र वा सीमांकन पुनरावलोकन आयोगमार्फत टुंग्याउन सकिने विकल्पसहित संघीय समाजवादी फोरम अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय मधेस समाजवादी अध्यक्ष सरतसिंह भण्डारीसँग कुराकानी गरेका छन् । तीन साता लामो युरोप भ्रमणमा उडेका यादवले त्यसअघि प्रधानमन्त्री दाहालसँग कुराकानी गरेका थिए । –कान्तिपुर दैनिकबाट