विचित्र विश्व

श्रीमतीको बिक्री मूल्य ७० लाख

श्रीमतीको बिक्री मूल्य ७० लाख
असोज – १० । बेलायतका एकजना व्यक्तिले आफ्नी श्रीमतीलाई एक अनलाईन सपिङमा विक्रीमा राखेपछि अहिले चर्चित बनेको छ । सिमन नामका व्यक्तिले आफ्नो श्रीमतीको फोटो श्रीमतीको अनुमति बिना अनलाईन सपिङमा राखेका थिए । simons-wife फोटो राखेको दुई दिनभित्र खरिदकर्ता ६५ हजार ८८० पाउन्डसम्म लगानी गर्न तयार भएका थिए । उनले अनलाईन सपिङ ई–बेन विज्ञापन २०७३ असोज ५ गते बुधबार राति श्रीमती लिएड्राको फोटो पोष्ट गरेर विक्रीका लागि आह्वान गरेका थिए । दुई बच्चाका पिता सिमनले एक समर्पित श्रीमतीको भूमिका निर्वाह नगरेको कारण देखाउदै यस्तो कुकर्म गरेको समाचारमा बताइएको छ । सिमन एक टेलिकम इन्जिनियर हुन् भने उनको श्रीमती ब्यूटी थेरापिस्ट हुन् । एजेन्सी

sale wife

विशेष