अन्तरवार्ता

त्रिशुलीमा वेपत्ता पूर्वगृहमन्त्री घिमिरेको खोजी यसरी भइरहेको छ

त्रिशुलीमा वेपत्ता पूर्वगृहमन्त्री घिमिरेको खोजी यसरी भइरहेको छ

madav-ghimire

सुरक्षाकर्मी, स्थानीयबासी लगायत ठूलो संख्या परिचालन गरेर हामीले खोजी गरिरहेका छाैँ । नेपाल भारतको सीमावर्ती बाँध भैंसेलोटनसम्म सुरक्षाकर्मी अलर्ट छ । बाँधमा विशेष निगरानी गरिएको छ । भारतीय सुरक्षाकर्मीलाई समेत दुर्घटनाका बारेमा जानकारी गराइएको छ । पारीपट्टी पनि भारतीय सुरक्षाकर्मीले नदीमा निगरानी बढाएका छन् । घटनास्थल देखि त्रिवेणीघाटसम्म गोताखोर र ढुंगा लगाएरपनि खोज्यौँ । केही भेएिको छैन । तैपनी हामीले आशा मारेको छैनौँ । नदी किनार लगायत अन्य ठाऊँमा पनि खोजी रहेको छौ । हामीसंग भएको श्रोतसाधन लगाएर खोजीरहेका छाैँ।

उहाको मोबाईलमा फोन गईरहेको थियो तर,फोन उठेको थिएन । हिजो साढे ९ बजेतिर चितवन प्रंहरी प्रमुख वसन्त कुवँरको मोबाईलमा उहाँको नम्बरबाट फोन आयो । तर उठाउँदा कोही बोलेनन । त्यसैले उहाँलाई जिवितै भेट्ने आशासहित ३०० जना भन्दा बढी सुरुक्षाकर्मी परिचालन गरेका थियौँ । उहाँको मोबाईल दुर्घटना स्थल नजिकै घोप्टे भिरमा चेपिएको रहेछ । चेपिएर नम्वर थिचेर वसन्त कुवरको नम्वरमा फोन आएको रहेछ ।

घटना

पूर्वगृहमन्त्री माधव घिमिरे तथा उनका दुई भाइ प्रकाश र मोहन आइतबारदेखि त्रिशुलीमा बेपत्ता छन् । दुर्घटनामा परी घिमिरेकी आमा चैतन्यकुमारी, भान्जा नारायणप्रसाद काफ्ले तथा अंगरक्षक सशस्त्र प्रहरीका सई रामचन्द्र कार्कीको मृत्यु भएको थियो । उनीहरूको शव पाखामा भेटिएको थियो । प्रहरी हवल्दारसमेत रहेका चालक विष्णु राई घाइते छन् । उनको उपचार भइरहेको छ ।

सोह्र श्राद्धमा आमा, भाइ तथा भान्जासहित मुक्तिनाथ पुगेर बाबुको श्राद्ध गरेपछि फर्कने क्रममा घिमिरे चढेको जिप दुर्घटना भएको हो । दुर्घटनाग्रस्तस्थलमा घिमिरेको झोला तथा मोबाइल भेटिएको छ । तर, त्रिशुलीमा पानीको बहाव धेरै भएकाले अरु केही फेला परेको छैन। सशस्त्र प्रहरी तथा नेपाली सेनाका तालिम प्राप्त प्रहरीले खोलामा सर्च अभियान जारी राखेका छन् । चालक राईका अनुसार उनलाई पालो दिन घिमिरे आफैंले गाडी हाँकेका थिए ।

(चितवनको प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहसँगको टेलिफोन कुराकानीमा आधारित)

Madav Ghimire

विशेष