विचित्र विश्व

इमान्दार बिरालो, जसले ९ वर्षदेखि निरन्तर काम गरिरहेको छ

इमान्दार बिरालो, जसले ९ वर्षदेखि निरन्तर काम गरिरहेको छ

bobo-cat असोज ११ । कुनै पनि सरकारी तथा निजी कार्यालयमा काम गर्ने कर्मचारीहरु विभिन्न बहाना तथा निहु पारेर विदामा बस्ने गर्दछन् । केही कर्मचारीहरु आपतकालीन काम परेर कार्यालयबाट विदा लिन्छन् त केही कर्मचारी निहु बनाएर विदा लिन्छन् । प्राय कर्मचारीहरु जसरी हुन्छ महिना गुजार्ने र तलब थाप्ने उद्देश्यले तोकिएको विदाको सुविधा पनि लिएरै छाड्छन् चाहे तिनिहरुको केही काम नै नहोस न ।

यस्तो इमान्दारिताको मामिलामा मान्छेको तुलनामा अमेरिकाको न्यूयोर्कको एउटा बिरालो कैयन् गुणा अग्रस्थानमा देखिएको छ । यहाँ बोबो नामको एउटा कर्मचारी बिरालो छ जसले पछिल्लो ९ वर्षदेखि एकदिन पनि छुट्टी नलिइकन एउटा स्टोरमा काम गरिरहेको छ ।

बोबोलाई ९ वर्षअघि स्टोरमै काम गर्ने एक कर्मचारीले लिएर आएका थिए । त्यसयता बोबोले निरन्तर उक्त दोकानको सुरक्षा दिइरहेको छ । यो बिरालोले स्टोरको गेटमा बसेर ग्राहकलाई स्वागत गर्ने काम गर्छ । यसले स्टोरमा आउने नियमित ग्राहकलाई चिन्नसक्ने भएको छ । महिला कर्मचारी ऐनी यो बिरालोको हेरचाह गर्छिन् । स्थानीय क्षेत्रमा यो बिरालो चर्चित बनिरहेको छ । बोबोको आफुनै सोसल अकाउन्ट इन्स्टाग्राम पनि रहेको छ ।

Bobo cat in USA

विशेष