राजाको अन्तर्वार्ता लिने पहिलो पत्रकार
‘तपाईं कसरी पत्रकार बन्नुभयो ?’
नेपाली टेलिभिजन जगतका बादशाहभन्दा फरक नपर्ने दुर्गानाथ शर्माले यो प्रश्नको उत्तर सजिलै दिन्छन्, ‘संयोगले ।’ जीवन अदभुत र रहस्यमयी छ, त्यसैले रोमाञ्चकपनि । कहिले योजना बनाएर परिश्रम लगाएर गरेको काम पनि सफल हुँदैन ।
कहिले संयोगमा आइलागेको कामले जीवन बदलिदिन्छ । संयोगले पत्रकार बनेका दुर्गानाथ शर्माको जीवन पत्रकारिताले पूरै बदलिदियो । शर्माको परिचय र पहिचान नै पत्रकारिता बन्यो । पत्रकारिताले उनलाई विश्व घुमायो । विश्व जगतका बारे समीक्षा गर्न सक्ने सामथ्र्य दियो । राजादेखि रैतीसम्मको मनमा बस्ने गरि दरिलो र आडिलो बनायो ।
नेपालको सुन्दरनगरी ईलामको फिक्कल बजारमा २००४ सालमा जन्मिएका शर्मालाई गाऊँघरको वातावरणले प्रकृति प्रेमी बनायो । ‘स्वाभाव सानैदेखि जिज्ञासु थियो । हरेक विषयवस्तुमा तर्क गर्थेँ । पढाईमा नत भयंकर ट्यालेन्ट थिएँ, नत लद्दु नै , जेनतेन पास हुन्थेँ ।’ शर्माले बालापन सम्झिए । शर्माका बुवा जागिरे थिए । सात भाइ छोरा र चार दिदीबहिनी भएको विशाल परिवारमा उनी हुर्किए ।
उनका सबै दाजुभाइले आ-आफ्नो क्षेत्रमा प्रशिद्धि कमाए । ठूल्दाइ डा. तारानाथ शर्मा साहित्यकारका रुपमा नामी छन् । माल्दाइ पुष्पनाथ शर्मा कहलिएका इन्जिनियर थिए । उनको निधन भइसक्यो । साल्दाइ लक्ष्मीनाथ शर्मा पहिलो पुस्ताको चलचित्र निर्देशकमा पर्दछन् । बदलिदो आकाश, बुहारी जस्ता चलचित्रको निर्देशन उनैले गरेका हुन् । उनी चलचित्र सम्बन्धी पुस्तक लेख्दै छन । अरु दाजुभाइले पनि आ-आफ्नै पेशा र क्षेत्रमा नाम कमाएका छन् । कर्फोक माध्यामिक विद्यालयबाट एलएलसी गरेपछि उच्च शिक्षाका लागि शर्मा नेपाल खाल्डो छिरे ।
उनलाई डाक्टर बनाउने परिवारको इच्छा थियो । त्यसैले उनलाई त्रिचन्द्र क्याम्पसमा आइएस्सीमा भर्ना गरियो । त्रिचन्द्र क्याम्पसमा उनका दाइ डाक्टर तारानाथ शर्माले साइन्स पढाउथे । क्याम्पसकाल सम्झदै शर्मा भन्छन् ‘गणितमा कमजोर थिएँ , तेस्रो श्रेणीमा पास भएँ । त्यसैले डाक्टर बन्ने इच्छा त्यागिदिएँ ।’ त्यसपछि उनी दाइसँग बस्न छोडे । दाइसँग छुटिदा उनी २० वर्षको बैशालु वयमा थिए । बरालिएर हिड्न र कुलतमा फस्न पनि सक्थे । तर, उनको मनले त्यस्तो बाटो कहिल्यै रोजेन ।
आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने मानसिकता बनिसकेको थियो । उनलाई काम र तलब चाहिएको थियो । यही काम भन्ने थिएन । विज्ञापन एजेन्सीमा मासिक २५० तलब बुझ्ने गरी उनले काम थाले । २०२४ सालतिर सो रकम ठूलै थियो । रत्नपार्कको टिपटप मम पसलमाथिको कोठामा उनीसहित चार जना मिलेर बस्थे । ८० रुपैयाँमा भनेजस्तो कोठा पाइन्थ्यो । चार जनाले मिलेर तिर्दा मासिक २० रुपैयाँ घरभाडामा खर्च हुन्थ्यो । बाँकी २३० रुपैयाँले उनी बिन्दाससँग काठमाडौँमा जिउन सक्थे । काठमाडौंमा सम्पत्तिको नाममा एउटा सुटकेश र लगाउने लुगा बाहेक केही थिएन ।
१ सय रुपियाले होटेलमा महिनावारी दाल, भात, तरकारी र मासु खान पाइन्थ्यो । ‘बाँकी रहेको १ सय २० रुपियाले त मेरो जीवन सहजै चल्थ्यो ।’ हास्दै शर्माले खर्च विवरण सुनाए । बाँकी पैसाले उनी अतिरिक्त किनमेल गर्थे । एक्लो फुक्काफाल जिन्दगीमा अरु तनाव केही थिएन । कहिलेकाहीं नेपाल कफि हाउसमा कफी र डोसा चट्काउथे । नेपाल कफी हाउसमा कफी र डोसा खानु भनेको प्रतिष्ठाको विषय हुन्थ्यो । विज्ञापन एजेन्सीमा १ वर्ष बिताईसकेका थिए ।
गोरखापत्रमा विज्ञापन शाखामा जागिर खुल्यो । दाइ तारानाथ शर्माका साथी नवराज सुवेदी मन्त्री थिए । सुवेदीको सोर्सफोर्समा उनी गोरखापत्रको विज्ञापन शाखामा जागिरे भए । विज्ञापनमै काम गरेकाले उनलाई त्यहाँ काम गर्न गाह्रो भएन । ६ महिना काम गरेपछि उनी गोरखापत्रमा स्थायी भए । उनले त्यतीबेला स्नातक पनि पास गरिसकेका थिए । उनलाई विज्ञापन शाखामा काम गर्ने धित मरिसकेको थियो । उनलाई समाचार शाखामा काम गर्ने रहर जाग्यो । कृष्णप्रसाद भट्टराईका दाजु गोपालप्रसाद भट्टराई गोरखापत्रको सम्पादन विभागमा सम्पादक थिए । उनलाई बोलाए तर, उनले सम्पादक शाखामा जान परीक्षा दिएर पास भएर गए ।
उनको बढुवा सम्पादन शाखामा भयो । त्यही बेलामा रेडियो नेपालमा एकजना समाचार वाचकले काम छोडेका थिए । ‘रेडियो नेपालमा समाचार भन्ने हो ?’ समाचार वाचनका लागि प्रस्ताव आयो । गोरखापत्रका सम्पादक भरतदत्त कोइरालाले शर्मालाई माया गर्थे । आफैं उनलाई स्वर परीक्षण गराउन रेडियो नेपाल लिएर गए । उनको स्वर गज्जबको ठहरियो । स्वर परीक्षण गर्नेहरु नै उनको प्रसंशक बने । ‘यतै काम गर्नुपर्छ ।’ करकापको शैलीमा परीक्षकहरु प्रस्तुत भए । हेर्दाहेर्दै उनी दुईतिरका जागिरे भए । रेडियो नेपालमा बिहान २ घण्टा र राति डेड घण्टा काम गर्थे । गोरखापत्रमा दिउँसोको काम छँदै थियो । रेडियो नेपालको जागिर पार्टटाइमको भएपनि तलब राम्रै थियो । दिनको साढे तीन घण्टा काम गरेको भरमा उनी मासिक ४ सय बुझ्थे ।
टेलिभिजनको प्रवेश
२०४१ सालमा ‘विकासका लागी सञ्चार’ भन्ने नारासहित नेपाल टेलिभिजनको स्थापना भयोे । उनलाई टिभीमा बोलाइयो । १७ वर्ष गोरखापत्रमा जागिर खाइसकेका शर्माले टेलिभिजन करियर शुन्यबाट शुरु गर्नुपथ्र्यो । ‘फेरि १७ वर्ष काम गर्दा बुढो भइसक्छु । पेन्सन पाक्न आँटेको जागिर छोडेर किन त्यहाँ जाने ? उनले आफैंलाई प्रश्न गरे । प्रश्न जायज पनि थियो । उनको विवाह भएको १३ वर्ष भइसकेको थियो । श्रीमती शिक्षिका थिइन् । दुई छोराहरु भइसकेकाले पारिवारिक दायित्व बढेको थियो । यताको हुँदाखादाको जागिर छाडेर भर्खर उम्रदै गरेको संस्थामा उनी जान चाहेनन् ।
जसरी एनटिभी अचानक आयो उनी पनि एनटिभीमा अचानक गए । टेलिभिजन नभएकोले टेलिभिजन खोल्नुपर्छ भन्ने उदेश्यका साथ १८ जनाको टोलीलाई ५ दिनको तालिमको लागि सरकारले नेदरल्याण्ड पठायो । त्यो टिममा पत्रकारभन्दा बढी सोर्सफोर्सले जाने खरिदारहरु थिए । उनी पनि ट्रेनिङका लागि गए । तालिममा समाचार कसरी लेख्ने ? कसरी रिपोर्टिङ गर्ने ? क्यामेरा भनेको के हो ? यसबाट कसरी फोटो तथा भिडियो खिच्ने ? जस्ता आधारभुत कुरा सिकाइयो ।
उनी रेडियो नेपालको टोली प्रमुख भएर १८ जनाको टोलीलाई लिएर गएका थिए । नेपालमा आएर उनले फेरि केही पत्रकारहरुलाई तालिम दिएर एनटिभी खोले । उनले नेपाल फर्केर तालिम दिएका राजेन्द्रदेव आचार्य, लय संग्रौला, मिरकान्त मैनाली, लक्षमण हुमागाई जस्ता पत्रकारहरुको जोश जागर र लगनशिलतालाई उनी कहिल्लै नभुल्ने बताउँछन । नेपाल टेलिभिजनमा उनी सिधै समाचार प्रमुख भए। रेडियाबाट आवाज सुनेको र गोरखापत्रबाट नाम पढेकाहरुले उनलाई नेपाल टेलिभिजन मार्फत देख्न थाले । समाचारवाचन राम्रो हुँदै गयो । उनलाई विस्तारै धेरैले चिन्न थाले । नेपाल टेलिभिजना नयाँ कार्यक्रम केही थिएन । उनलाई केही नयाँ गर्नुपर्छ भन्ने थियो । त्यसपछि उनले विश्वघटना कार्यक्रम चलाउन थाले । विश्वघटना कार्यक्रम एकदम लोकप्रिय भयो ।
त्यो कार्यक्रमममा अन्तर्राष्टिय समाचार हुन्थ्यो । विकसित तथा अविकसित देशहरुको गतीविधी तथा समाचार पनि हुन्थ्यो । त्यस्तै प्रविधिमा भएको विकास, विज्ञान, खेलकुद र मानवीय अभिरुचिको विषय पनि हुने गर्दथ्यो । मानिसलाई इजरायल र प्यालेस्टायनीबीच युद्ध भएर ३० जना मारिए भन्ने मात्र थाहा हुन्थ्यो । तर विश्वघटना कार्यक्रमले यि दुईबीच किन युद्ध भयो ? यिनीहरुको सम्बन्ध किन बिग्रियो ? घटनाको कारण र परिणाम देखाउने हुनाले यो कार्यक्रम लामो समयसम्म हिट भयो ।
दामभन्दा नाम ठूलो
गोरखापत्रमा रहँदा प्रतिस्पर्धा गर्नुनपरेको शर्मा सम्झन्छन् । गोरखापत्रमा उनको लागि काम सिक्ने तथा मानिसहरुसंग चिनजान गर्ने थलो बन्यो । रेडियो नेपाल उनको अनुभव बटुल्ने थलो बन्यो । एनटिभीले उनको परिचय झनै फराकिलो बनाइदियो । राजा तथा विभिन्न मन्त्रीहरुसंग उनी विभिन्न कार्यक्रममा देश विदेश घुम्न गए । पत्रकारिताबाट उनले नाम कमाए, इमान र इज्जत कमाए । तर दाम कमाउनको लागि यो पेशा उपयुक्त नभएको उनी बताउछन । २०४१ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए । प्रधानमन्त्री भएर पहिलाे भ्रमण भारतको गर्दा उनी पनि एनटिभीबाट भारत गएका थिए ।
गिरिजाप्रसाद कोइराला मोहनगोपाल खेतान र उनी एउटै जहाजमा थिए । त्यति बेलाका चर्चित उद्यागपती खेतानले शर्मालाई भने ‘दुर्गा जी तपाईं म कहाँ आउनुहुन्न सबै पत्रकारहरु मेरो अफिसमा पैसा लिन आउछन् ।’ शर्माले भने ‘अरु पत्रकारलाई तपाईंको अन्तर्वार्ता गरेबापत तपाईले हजारौँ रुपैयाँ पैसा दिनुहुन्छ । यसले गर्दा तपाईंको वरीपरि झुम्मिन्छन् । तर म किन झुम्मिने ? म त सरकारी मिडियामा काम गर्छु । सरकारी तलब नै मलाई पर्याप्त छ । ईमान बेचेर म पत्रकारिता गर्न सक्दिन । ’ उनले नै खेतानको सबै पत्रकार घुुस खाने हुन्छन भन्ने भ्रम तोडेका थिए ।
हटकेक भनेको समाचार
पत्रकारिता जीवन सधै अभाव र दबाबमै गुज्रन्छ । त्यो अवस्थाबाट उनको जीवन पनि अछुत रहेन । सरकारी मिडियामा काम गर्दा उनी स्वतन्त्र भएर काम गर्न नपाएको महसुस गर्थे । ती कुराहरुले गर्दा उनले चाहेजति र सोचेजति नयाँ काम गर्न सकेनन । स्वतन्त्र वातावरण नपाएको कारणले नै नेपाल टलिभिजन विकास हुन नसकेको उनको तर्क छ । उनी २०३५ सालतिरको एउटा घटना सम्झन्छन । ‘ एकपटक काठमाडौँमा दशैंभन्दा अगाडि चामलको अभाव भयो । नेपाल खाद्य संस्थानको त्यो समयमा सबै मानिसहरुलाई खाद्य सामाग्री उपलब्ध गराउने उसको दायित्व थियो । तर चामल नभएर त्यो बेला हाहाकार भयो ।
उनले जनताले किन यस्तो अवस्था भोग्नुपरेका छ भनेर खोजी स्टोरी गर्ने निर्णय गरे । राईजिङ नेपालको लक्ष्मी नकर्मीसंगै गरेर नेपाल खाद्य संस्थानको प्रबन्धकको अन्र्तवार्ता गर्ने निर्णय गरे । प्रबन्धकले नाम नबताउने सर्तमा भित्री कुरो खोलिदिए । सरकारले पैसा दिन नसकेको र गोदामको व्यावस्था गर्न नसकेकाले चामल अभाव भएको कुरा निक्ल्यो । उनले त्यो कुरा गोरखापत्रमा र नकर्मीले राईजिङ नेपालमा प्रकासित गरे । त्यतीबेला प्रधानमन्त्री सुर्य बहादुर थापा थिए । हरिबहादुर सञ्चारमन्त्री थिए भने हरिनारायण रजौरिया कृषी मन्त्री थिए । त्यो खबर दिने को हो र लेख्ने को हो ? गोरखापत्रलाई सोध्नु भन्ने निर्देशन सुर्यबहादुर थापाबाट आयो । खबर दिने र लेख्नेलाई पनि कारवाही गर्न मन्त्रीहरुको निर्देशन आयो । सम्पादक भरतदत्त कोइरालाले सबै कुरा भनेपनि स्रोत नभन्ने अडान लिए ।
तर ,सम्पादकले अन्तिममा स्रोत भन्न बाध्य भए । स्रोत भनेपछि खाद्य संस्थानको प्रबन्धकको जागिर गयो । ती जागिर जाने प्रबन्धकको नाम अहिले उनको स्मृतीमा छैन । यस्ता घटना उनले पत्रकारिता गर्दा धेरै भोगे । भन्छन ‘स्वतन्त्र भएर पत्रकारिता गर्न वातावरण थिएन तर कोशिश गरिरहे ।’ मन्त्रीहरुे जे जे भन्छन त्यो मान्नु पर्ने अवस्थामा पनि उनले धेरै मन्त्रीहरुलाई टेरपुच्छर नलगाएको बताउछन ।
राजासंग अन्र्तवार्ता लिने पहिलो पत्रकार
शर्मा नेपालको पत्रकारिता इतिहासमा राजासंग अन्र्तवार्ता लिने पहिलो पत्रकार हुन । उनी भन्दा पहिले नेपाली सञ्चार माध्यम तथा कुनै पनि राजाको अन्र्तवार्ता लिएका थिएनन । त्यसपछि ज्ञानेन्द्र राजा भईसक्दा पनि कसैले अन्र्तवार्ता लिएनन । ज्ञानेन्द्र राजा हुनुुभन्दा पहिले महेन्द्र प्रतिष्ठान संरक्षण कोषको चियर म्यान थिए । शर्मा नेपाल टेलिभिजनको जनरल म्यानेजर थिए । २०५७ सालतिर चितवनमा वातावरण सम्बन्धी सम्मेलन थियो । नेपाल टेलिभिजनको तर्फबाट दुर्गानाथ शर्मालाई ज्ञानेन्द्रले लैजाने निर्णय गरे । उनी आफ्नो टिम लिएर चितवन तिर लागे । चितवनमा ज्ञानेन्द्रले वातावरण सम्बन्धी धेरै कुराहरु प्रस्तुत गरे ।
ज्ञानेन्द्रको वातावरण सम्बन्धी ज्ञान वास्तबमै अद्भुत भएको शर्माले महसुस गरे । त्यो ज्ञान देशभरीका जनताहरुलाई बाड्न पाए राम्रो हुन्छ भन्ने विचार उनको मनमा आईरह्रयो । उनले ज्ञानेन्द्रसंग यस्तो कुरा जनतासामु सेयर गर्दा राम्रो हुन्छ भन्ने सुझाव टक्राए । ज्ञानेन्द्र नाईनास्ती नगरी अन्र्तवार्ता दिन राजी भए । ज्ञानेन्द्रले प्रश्न अंग्रेजीमा लेख्न लगाए । शर्माले नेपालीमा उत्तर दिन ज्ञानेन्द्रलाई आग्रह गरे । किनकी त्यो कुरा नेपाली जनतालाई बुझाउनु थियो । त्यो अन्र्तवार्ता राम्रैसंग प्रस्तुत भयो । त्यतीबेला ज्ञानेन्द्र राजा भईसकेका थिएनन । त्यसको एकवर्षपछि ज्ञानेन्द्र राजा भए । पहिले अन्तर्वार्ता दिएको नाताले ज्ञानेन्द्रले उनलाई सजिलै अन्र्तवार्ता दिए । राजा हुनुभन्दा अगाडी नै ज्ञानेन्द्रसंग उनको साथीजस्तै सम्बन्ध स्थापना भईसकेको थियो । ज्ञानेन्द्रले उनलाई दुर्गा भनेर बोलाउथे । कतीपय मान्छेहरुले उनलाई दरबारसंग नजिक भएको पत्रकार भन्थे । उनी भन्छन ‘म जस्तो साधारण मानिस कसरी दरबारसंग नजिक हुनु, एउटा अन्र्तवार्ता दिएको नाताले मात्र राजासंग नजिक भएको थिए ।
त्यसको अनुचित फाईदा कहिल्यै लिईन ।’ राजा वीरेन्द्रको हत्या भएपछि ज्ञानेन्द्र राजा भएका थिए । उनीसंग त्यस्तो बेला अन्र्तवार्ता लिनु चुनौती थियो । त्यो अन्र्तवार्ता सम्झिदै भन्छन ‘मैले के कस्तो स्थिति छ भनेर सोधे । त्यस्तै अरु विभिन्न विषय थिए । राजा वीरेन्द्रको शान्ति सम्झौता कस्तो छ ? नेपाललाई कसरी अगाडि बढाउनुहुन्छ ? कसरी काम गर्नुहुन्छ ? तपाइको वर्तमान नीति कस्तो छ ? यूएनसँगको सम्बन्धलाई हामीले कसरी मजबुत तथा सुदृढ गर्ने ? भन्ने प्रश्न गरेको उनी सम्झन्छन । उनको दुईटा प्रश्न राजाले कट भनेको बताउछन । उनले त्यो दुईटा प्रश्न युएन र भारतको सम्बन्धको बारेमा थियो । ‘भारतले हामीलाई टेर्दै टेर्दैन ।
हामीलाई हेप्छ कसरी अगाडि लैजानुहुन्छ ? प्रश्न यस्तो थियो । राजाले जवाफ दिन नचाएकाले उनले केही भनेनन । भन्छन ‘राजाले भनेपछि कस्को के नै लाग्थ्यो र ? ’राजाले उनको प्रश्नको उत्तर हेर दुर्गा भन्दै दिए । त्यसपछि उनलाई चिन्ने जमात झनैे बढ्यो । पछिल्लो समय उनको पुर्वराजासंग भेटघाट छैन । पहिला पहिला पनि प्रोफेसनल कामले मात्र भेट भएको बताउछन । भन्छन ‘मलाई चाकडी गर्न कहिले आएन । कहिल्ले गरिन पनि ।’ उनी राजनीति मन पराउदैनन । राजनीतिले गर्दा गोरखापत्र तथा रासस जस्ता सरकारी तथा निजी सञ्चार माध्यममा पत्रकारिताको प नजानेको मान्छे समाचार प्रमुख भएर बसेको देख्दा उनलाई दुख लाग्छ । राजनीतीबाट आस नै नभएको बताउछन । उनको तर्क छ अनुभवी मान्छेहरु विस्तारै विलिन भएर जान्छन ।
रिटायर्ड पछिको कर्म
२०६१ सालमा शर्मा ४० वर्ष पत्रकारिता गरेर नेपाल टेलिभिजनबाट बिदा भए । ४० वर्षे पत्रकारिता कर्ममा उनले धेरै देश घुमे, धेरै अनुभव बटुले । नेपाल टेलिभिजनको दुईपटक महाप्रबन्धक समेत भए । त्यसछि पनि उनी त्यतीकै बसेनन ।६९ वर्षमा अहिले उनी हिडिरहेका छन । तैपनि उनले काम गर्न छाडेका छैनन । अहिले उनी गोल्डेन गेट ईन्टरनेशनल कलेजमा पत्रकारिता पढाउछन । अष्ट्रेलियाको एउटा रेडियोको लागि आफ्नै भाषामा कार्यक्रम रेकर्ड गरेर पठाउछन । एउटा कार्यक्रमको उनले अष्ट्रेलियन ४० डलर पाउछन । नेपाल टेलिभिजनबाट रिटायर्ड भएपछि शर्मा माउन्टेन टेलिभिजनको सीईओ भए ।
त्यतीबेला उनले माउन्टेन टेलिभिजनमा अन्र्तवार्ता चलाउने काम पनि गरे । त्यहाको पत्रकारहरुलाई समाचार बनाउने, अन्र्तवार्ता लिने तथा सम्पादनको तरिकाहरु सिकाएका थिए । त्यतीबेला बाबुराम भट्राईसंग अन्र्तवार्ता लिएको एउटा प्रसंग नर्बिसिने बताउछन । ‘तपाइ जीवनमा जहिल्यै प्रथम हुनुभयो । तपाईको सहपाठी उपेन्द्र देवकोटा जहिले दोस्रो हुनुहुन्थ्यो । तर ,तपाईले पछि आएर बाइस हजार मान्छे मार्नुभयो ।
उपेन्द्रजीले डाक्टर बनेर धेरै मानिसलाई बचाए ?’ जनयुद्धमा मान्छे मर्छन हामीले जानेर मान्छे मारेको होइन् । त्यस्तै हुन्छ । ’ बाबुरामले प्रत्तिउत्तर दिए । त्यतीबेला बाबुराम प्रधानमन्त्री भईसकेका थिएनन । त्यसको एकहप्ता पछि उनी प्रधानमन्त्री भएका थिए ।
माओवादीले नेपाल एअरलाईन्स रोल्पामा एस.एल.सी पास नगरेको मान्छेलाइ चियर म्यान बनाएर राखेको थियो । एसएलसी पास नगरेको र एयरल्यान्स नजानेको मान्छेले कसरी चेयरम्यान सम्हाल्न सक्छ ? पछि धेरै दबाब आएपछि उनलाई हटाईयो । यो खालको नीतीले पढेलेखेको र योग्य मान्छे बाहिर जाने प्रवृती बढेको छ । यस्तो विषयायमा तपाई के गर्नुहुन्छ ? उनको प्रश्नको जवाफ बाबुरामले प्रधानमन्त्री भएपछि काम गरेर बताउने भनेका थिए । तर, त्यो प्रवृती अहिलेसम्म नहटेको उनलाई मन परेको छैन । उनी र निर शाह मिलेर युनुस अन्सारीको लगानीमा रहेको नेशनल टिभी चलाए ।
त्यहा धेरै नया पत्रकारहरुलाई तालिम तथा पत्रकारिता सिकाएर योग्य पत्रकार बनाए । तर नेशनल टिभी स्थापना गर्ने युनुस पाकिस्तानको दलाल रहेछ । उनीहरुलाई पहिले यो कुरा थाहा थिएन । उसले पाकिस्तानबाट नक्कली भारु नोट ल्याउने काम गर्दो रहेछ । अहिले त्यो मान्छे जेलमा भएको उनी सुनाउछन । २०६३ सालमा नेशनल टिभी बन्द भयो । तर, त्यहा उनीहरुले तालिम दिएर पत्रकारिता सिकाएका धेरै पत्रकारहरु कान्तिपुर लगायत अन्य च्यानलमा देख्दा उनलाई सन्तोष महसुस हुने बताउछन । ।
बिर्सन नसक्ने फ्यान
पत्रकारिता सिलसिलामा विदेश जादा उनलाई चिन्ने धेरै मानिस भेटे । ती मध्ये जापानको रेस्टुरेन्टमा भेटिएका एक नेपाली उनको स्मृतीमा सधै रहन्छन । भेट्ने बित्तिकै उनको बारेमा र उनको कार्यक्रमको बारेमा त्यो मानिसले धेरै कुरा गत्यो। खाना खाईसकेपछि बिल लिन मानेन । त्यो मानिसलाई उनले जर्बजस्ती पैसा दिए । अन्तिममा उसले दही ख्वाएर पठायो । नेपाल आएर त्यो मान्छेलाई सम्झेर ‘भट्टराई बाजेको दही र हिरोसीमा’ भन्ने लेख नै लेखे ।
पत्रकारिताको विगत र वर्तमान
उनी रिटायर्ड भईसकेपछि पनि उनको विश्वघटना कार्यक्रमको बारेमा जहा पुग्दा पनी प्रशंशा पाए । उनलाई यो कुराले खुसी र पिडा उत्तीकै दिएको बताउछन । भन्छन यो कार्यक्रमको निरन्तरता एनटिभीले दिनुपथ्र्यो दिएन । कार्यक्रम चलाउनुस ,सहयोग गर्छु भनेको थिए ,तर कसैले चलायनन । उनी अहिलेको पत्रकारिता व्यावसायिक र निष्पक्ष नभएकोमा चिन्तित छन । प्रेत्येक सञ्चार माध्यमले एउटा पार्टीको विचार धारा बोकेर अगाडी बढेकाले पत्रकारिताको प्रभाव र विस्वसनियता नभएका उनको तर्क छ । । भन्छन ‘पहिले भन्दा अलिकति स्वतन्त्र छ । तर व्यावसायिक छैनन ।
रेडियो टिभीमा समाचार त आउछ । भाषीक शुद्धता बोल्ने तरिका केही मिलेको छैन् ।’ नेपाल टेलिभिजनमा तीतो सत्य ,जीरे खुर्सानी, मेरी बास्सै जस्ता कार्यक्रम नभएकोमा उनलाई दुख लाग्छ । अहिले कुनै सञ्चार माध्यममा नै मन छुने कार्यक्रम नभएकाले बीबीसी सीएनएन, इन्डियाको आजतक हेर्ने गरेको बताउछन । नेपालमा अझै पनि खोजी पत्रकारिता नभएको देख्दा उनलाई मिडियाको संख्या बढेकोमा कुनै गौरब लाग्दैन । अनुशाशनहिन पत्रकारिताले समाजमा प्रभाव नपार्ने उनको तर्क छ ।
पत्रकारिताको उपलब्धी
४० वर्ष पत्रकारिता गर्दा उनले शिर निउराउनु पर्ने केही काम नगरेको बताउछन ४० वर्ष काम गरेर उनले एउटा घर बनाउन सकेको बताउछन । पैसा कमाउन नसकेपनि उनलाई नाम कमाउन सकेकोमा गर्भ छ । भन्छन ‘ईमान्दारी पुर्ण कमाएकोले अहिले पनि म आनन्दसँग आकाश हेरेर पल्टिएर सुत्न सक्छु । तर घुस खाएका मानिस सुत्न सक्दैनन् । सामान्य परिवारको मान्छे भएकाले ठुलो सपना देखिन । जे बनाए आफ्नो क्षमता र पाखुरीले बनाए । ’
किताब निकाल्ने तयारी
पत्रकारितामा शर्मालाई गुरु मान्ने धेरै छन । पुराना देखि नया पत्रकारले उनीबाट धेरै कुरा सिकेको सार्वजानिक स्थलमा नै व्यक्त गर्छन । उनी ४० वर्षे पत्रकारिताको सस्मरण निकाल्ने तयारीमा छन । पत्रकारिता जीवनको उतारचढाब र मन्त्रीहरुले पत्रकारितामा अनाआवश्यक दिएको दबाब किताबमा ब्यक्त गरेको बताउछन । भन्छन ‘मेरो सस्मरणले सरकारी मिडियामा काम गर्दाको दबाब र मन्त्रीहरुको वास्तविक स्वरुपको चित्रण गर्छ । मेरो किताब पत्रकारिताको ईतिहास हो । ’ उनले समाचार लेख्दा हप्काउने मन्त्रीहरुको नाम समेत उल्लेख गरेका बताउछन । मन्त्रीहरुको समाचार प्रसारण गर्न कती दुख गर्नुपथ्र्यो भन्ने चित्रण किताबमा छ । उनले भने ‘पत्रकार भएर डराउनु हुन्न र गलत लेख्नु हुन्न, मैले मन्त्रीहरुको वास्तविक चित्रण गरे किन डराउनु । ’
प्रस्तुति: सागर बुढाथोकी
bishowghatana programme in nepal telivision durganath sharma first person to take king's interview nepal telivision founder nepali journalist durganath sharma