राजनीति

दसैँअगाडि नै संविधान संशोधन प्रस्ताव अघि बढ्ने

दसैँअगाडि नै संविधान संशोधन प्रस्ताव अघि बढ्ने
असोज - ११ । संविधानमा असन्तुष्टि जनाउँदै आएका तराई–मधेस केन्द्रितको माग सम्बोधन गर्न सरकारले शीघ्र संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरामा म‌ंगलबार भएको मधेसी मोर्चासँगको बैठकमा सरकार र मोर्चाका नेता संविधान संशोधनको प्रक्रिया चाँडो अगाडि बढाउन सहमत भएका हुन् । nepali-pm-resident-baluwatar प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसहित मधेसी मोर्चाका नेताको बैठकले दसैँअगाडि नै संशोधनको प्रस्ताव अगाडि बढाउने सहमति भएको जनाएका हुन् । बैठकपछि प्रतिक्रिया दिँदै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार चक्रपाणि खनालले मधेसी मोर्चासँगको वार्ता सकारात्मक भएको उल्लेख गर्दै संशोधनको प्रक्रियालाई चाँडो अगाडि बढाउन सहमति जनाइएको बताए । उनले भने–“संशोधन प्रस्तावका विषयमा नेकपा (एमाले)सँग पनि छलफल पुगेर दसैँअगाडि नै बढाउने भन्ने विषयमा सहमत भएको हो, प्रधानमन्त्रीको पछिल्लो अवस्थाबारे जानकारी गरेपछि उहाँहरु सकारात्मक हुनुभयो ।” त्यसैगरी सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो तीनबुँदे प्रस्ताव किन दर्ता भएन र त्यसको कार्यान्वयन कहिले हुन्छ भन्ने विषयमा प्रधानमन्त्रीसँग छलफल गरेको बताए । उनले भने–“मुद्दा फिर्तालगायतका विषयमा कहिले पूरा हुन्छ र स्थानीय निकायका विषयमा के हो भनेर प्रधानमन्त्रीसँग हामीले गुनासो गरेका छौँ ।” उनलका अनुसार प्रधानमन्त्रीले संविधान संशोधनका प्रक्रिया तत्काल अगाडि बढाउने भएकाे छ । मुद्दा फिर्ताको सम्बन्धमा पनि आफूले काम आगाडि बढाएको प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै महतोले उल्लेख गरे । उनले भने –“सीमाङ्कन भाषा, नागरिकता सबै विषयमा मधेसी मोर्चासँग छलफल गरेर अगाडि बढाउँछु भन्नु भएर हामीलाई प्रधानमन्त्रीले विश्वस्त बनाउनुभएको छ ।” नेता महतोका अनुसार सरकारले संविधान संशोधन प्रस्ताव दसँैअगाडि लैजाने प्रधानमन्त्रीले विश्वास दिलाएका छन्। उनले भने –“प्रस्ताव दर्ता नभएसम्म विश्वास त छैन तर आश्वस्त भएका छौँ ।” बैठकमा नेकपा (माओवाद केन्द्र)का नेता अमिक शेरचन, तमलोपाका सहअध्यक्ष हृदेश त्रिपाठी, सङ्घीय सद्भावना पार्टीका अध्यक्ष अनिल झा, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)का अध्यक्ष र सङ्घीय समाजवादी पार्टीका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठलगायतका नेताको सहभागिता थियो । रासस

Sambidhan samsodhan Teen Dal

विशेष