रोजगार

सरकारले नयाँ योजना बनाएर अफ्गानिस्तानमा रोजगारीका लागि पठाउने

सरकारले नयाँ योजना बनाएर अफ्गानिस्तानमा रोजगारीका लागि पठाउने
असोज ११ । श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङले नेपालीलाई अफ्गानिस्तानमा रोजगार अनुमतिका लागि सरकारले नयाँ योजना बनाउन लागेको बताए । मंगलबारबाट काठमाडौंमा सुरु भएको दुई दिने राष्ट्रिय आप्रबासन सम्मेलनेको उद्घाटन गर्दै नयाँ कानुन निमार्ण गरी अफ्गानिस्तानमा रोजगारका लागि पठाउन लागेको मन्त्री गुरुङले बताएका हुन् । suray-man-gurung गत जुनमा काबुलमा आत्मघाती बम बिस्फोट हुँदा क्यानेडियन दूताबासमा कार्यरत १४ जना नेपाली सुरक्षा गार्ड मारिएका थिए । नेपाली कामदार मारिएपछि सरकारले रोजगारीका लागि अफ्गानिस्तान जान रोक लगाएको थियो । बैदेशिक रोजगारीका लागि अफ्गानिस्तान खुल्ला गर्न आफू सकरात्मक भएको उनले बताए । सरोकारवाला सबै निकायसँग आवश्यक छलफल गरि अन्तिम निर्णयमा पुग्ने उनको भनाइ छ । सरकारले स्थलगत अध्ययन गर्न पठाएको श्रम मन्त्रालयका सहसचिब आभा श्रेष्ठ कर्णको टोलीले पनि निश्चित मापदण्ड बनाएर अफ्गानिस्तान जान खुल्ला गर्नुपर्ने सुझाब दिएको छ । यता, सरकारले अफ्गानिस्तान जान रोक लगाएपछि बिदामा स्वदेश फर्किएका अफ्गानिस्तानस्थित अमेरिकी र बेलायती निकायमा कार्यरत नेपाली फर्कन पाएका छैनन् । अमेरिका र बेलायतले यसबारे चासो ब्यक्त गर्दै नीतिगत निर्णय लिन नेपाल सरकारलाई सुझाब दिएका छन् ।

Afghanistan Sury man Gurung

विशेष