राजनीति

दिल्लीस्थित नेपाली दूतावासमा ‘महिलाका शुत्र’को आतंक

दिल्लीस्थित नेपाली दूतावासमा ‘महिलाका शुत्र’को आतंक

delhi-dutabas

असोज १२ । ओली सरकारद्वारा कार्यक्षमतामाथि प्रश्न उठाउँदै फिर्ता बोलाइएका दीपकुमार उपाध्याय फेरि राजदूत बनेर दिल्ली जाँदैछन् । तर, त्यसअघि नै उनीसमपक्ष त्यहाँका चेलीहरु कुटनीतिज्ञहरुले उजुरीको पोको पठाइदिएका छन् । त्यउे चाहिँ हाल कार्यबाहक राजदूत रहेका सहसचिव कृष्णप्रसाद ढकालमाथि लक्ष्यित छ ।

यी हाकीम विशेषगरी महिलाको शुत्र नै रहेको दिल्लीस्थित दूतावासका महिला कर्मचारीको निश्कर्ष छ छ । जस्तै, नासु सिर्जना अधिकारीलाई ढकालको तर्फबाट ‘यो खतरनाक मान्छे हो, पधेर्नी हो झगडा लाउँछे, यो सँग जोडिन हुन्न जस्ता’ आरोप लगाइएको छ ।

त्यस्तै सशस्त्रका पूर्वआइजी सनत बस्नेतकी छोरी शिवारीविरुद्ध अख्तिायार उजुरी हालेको, अस्मिता, बुद्धमाया, वृन्दालगायतका कर्मचारीको हर्मत लिने गरेको, खाडीतिर उड्ने महिला कामदारलाई एनओसी दिने सम्बन्धमा सोध्न जाँदा खासै जवाफ नदिएर हैरान पार्ने गरेकोजस्ता आरोप छन् । प्रथम सचिव तीर्थ वाग्ललाई त उनले सबैको सामु तँ अपराधी होस्, तेरा शाखा सन्तान नाश हुन्’ भनेर सरापेको समेत उजुरीमा उल्लेख छ । –जनआस्था साप्ताहिकबाट

विशेष