रोजगार

डिभीका लागि आवेदन मंगलबारबाट खुला गरिने, यस्ताे छ डिभी भर्ने तरिका

डिभीका लागि आवेदन मंगलबारबाट खुला गरिने, यस्ताे छ डिभी भर्ने तरिका
असोज - १२ । अमेरिकाले सन् २०१८ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि आवेदन १८ असोज (४ अक्टोबर) बिहान ९ः३० बजेदेखि खुला हुने भएको छ । डिभी भर्ने मिति एक महिना हुनेछ । कार्तिक २२ डिभी भर्ने अन्तिम मिति हुनेछ । dos काठमाडौंस्थित अमेरिकी दूताबासले भनेको छ, ’हामी डिभी आवेदकहरूलाई चाँडै नै आवेदन भर्न प्रोत्साहित गर्दछौँ ।’ डिभी चिट्ठामा प्रवेश गर्न शुल्क तिर्नु नपर्ने अमेरिकी दूताबासले जनाएको छ। दूतावासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन आग्रह गरेको छ । ’आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला’, दूतावासले भनेको छ, ’सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईँ आफै जिम्मेवार रहनुहुनेछ ।’ अघिल्लो वर्ष डिभी भर्दा उपयोग गरेको फोटो यस पटक प्रयोग नगर्न भनिएको छ। ’अघिल्लो वर्ष डिभी भर्दा प्रयोग गरेको फोटो प्रयोग गरेमा सो आवेदन रद्द हुनेछ’, दूतावासको विज्ञप्तिमा भनिएको छ । २०१८ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदन विद्युतीय रूपमा दर्ता अवधिभित्र पेश गर्नुपर्नेछ। आवेदकहरूले दर्ता अवधिको बेलामा www=dvlottery=state=gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई(डिभी) आवेदन फारम भर्न सक्नेछन् । दर्ता गरिसकेपछि आफ्नो कन्फर्मेसन नम्बरलाई सेभ र प्रिन्ट गर्नु पर्नेछ । यो नम्बर नै तपाईँको स्टेटस चेक गर्ने एक मात्र तरिका हो। आफ्नो कन्फर्मेसन नम्बर कसैलाई पनि सेयर नगर्न अमेरिकी दूताबासले आग्रह गरेको छ । आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो इमेल ठेगाना अनिवार्य राख्नु पर्नेछ । तर छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने व्यहोराको इमेलमार्फत् सूचित गरिने छैन । तपाईँ डिभीका लागि छनोटमा पर्नुभयो कि भएन भनेर २०१५ मे ५ वा त्यसपछि www.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेसन नम्बर प्रवेश गर्नुपर्नेछ । कन्फरमेसन नम्बर कसैलाई नदिई सुरक्षित राख्न दूतावासले आग्रह गरेको छ । ’तपाईँ डिभी विजेताका रूपमा छानिँदैमा तपाईँले भिसा पाउनुहुन्छ भन्ने कुरा यसले प्रत्याभूत गर्दैन’, दूताबासले भनेको छ, ’तपाईँले भिसाका लागि अन्तर्वार्ता दिने मौका पाउनुभयो भने कन्सुलर अफिसरले तपाईँसँग पुग्ने योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डिभीका लागि तपाईँ योग्य हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराको निर्णय गर्नेछन् ।’ अन्य कुरामध्ये आवेदकले निश्चिच शैक्षिक र कार्य अनुभवसम्बन्धी आवश्यकताहरू पूरा गर्दछन् भन्ने कुरा देखाउनु पर्दछ। शैक्षिक आवश्यकतामा कम्तीमा १०+२ को पढाइ पूरा गरेको हुनुपर्नेछ । २०१८ को डिभी नजितजा आगामी वैशाख १९ गते मंगलबार आउने दूतावासले जनाएको छ ।

DV Lottery EDV

विशेष