राजनीति

एमाले बाराको ९ औँ जिल्ला अधिवेशन शुरु, अध्यक्ष अाेलीकाे उद्घाटन कार्यक्रम रद्ध

एमाले बाराको ९ औँ जिल्ला अधिवेशन शुरु, अध्यक्ष अाेलीकाे उद्घाटन कार्यक्रम रद्ध
असाेज - १२ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बारा आउने कार्यक्रम रद्ध भएको छ । नेकपा एमालेको अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली आज नेकपा एमाले बाराको ९ औ जिल्ला अधिवेशनलाई उदघाटन गर्न बाराको कोल्हवी पुग्ने कार्यक्रम थियाे। uml-convention खराब मौसममा हेलिकप्टर उडन नसकने भएपछि उनी आउन नसेको बताईएको छ । सबै दलको सहमतिमा जारी भएको संविधान केही दलले चाहदैमा संसोधन हुन नसकने एमाले स्थाई कमिटि सदस्य मुकुन्द न्यौपानेले बताए । एमाले बाराको ९ औ जिल्ला अधिवेशनका प्रमुख अतिथि समेत रहनु भएका न्यौपाने अधिवेशनको उदघाटन कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन । न्यौपानेले केही दलले असन्तुस्टी जनाउँदैमा बल्लतल्ल जारी भएको संविधान संसोधन हुन नसकने बताएका हुन । नेकपा एमाले कमिटी बाराको कार्यबाहक अध्यक्ष त्रिलोकी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले स्थाई कमिटी सदस्य एवं प्रदेश नं २ का संयोजक सत्यनारायण मण्डल, सह संयोजक नागेन्द्र चौधरी, एमालेका केन्द्रिय सदस्य तथा बारा क्षेत्र नं ५ का सांसद बलबरि चौधरी, सांसद पुरुषोत्म पौडेल लर्गातका व्यक्तिले आ आफनो मन्तव्य राखेका थिए । अधिवेशनको दोस्रो दिन भोलीदेखि बन्द सत्र शुरु हुने छ । कार्यक्रममा सहभागी हुन एमालेका केन्द्रदेखि जिल्लासम्मका नेता तथा कार्यकार्ताहरु कोल्हवीमा पुगेका थिए ।    

UML convention bara

विशेष