राजनीति

प्रेस सेन्टर नेपालमा चुनावमार्फत नेतृत्व चयन गर्न चर्को दबाब

प्रेस सेन्टर नेपालमा चुनावमार्फत नेतृत्व चयन गर्न चर्को दबाब

om

नेकपा माओवादी केन्द्र सम्बद्ध पत्रकारहरुको संगठन प्रेस सेन्टर नपालको पहिलो महाधिवेशन आज शुरु हुँदैछ । बिहान एघार बजे प्रधानमन्त्री एंव केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने महाधिवेशनले नयाँ नेतृत्व र नीति तय गर्ने छ ।

स्थापना भएपछि महाधिवेशन गर्न नसकेको प्रेस सेन्टरमा निर्वाचनबाट नयाँ नेतृत्व चयन हुनुपर्ने आवाज उठेको छ । पत्रकार महासंघमा भुमिका पाएकालाई प्रेस सेन्टरमा कार्यकारी भुमिका नदिने यसअघि नै सहमति भएको बताइएको छ ।

सहमतिको प्रयास जारी

पार्टी नेतृत्वले सहमतिका आधारमा नेतृत्व चयनका लागि प्रयास गरिरहेको बताइएको छ । पत्रकार महासंघका पूर्वमहासचिव ओम शर्माको नाममा पार्टीले टिम बनाउँदै गरेको चर्चा चलिरहेको छ । उनले भने आफुले नेतृत्व नगर्ने बताइसकेका छन् ।

नयाँ नेतृत्वका लागि निर्वाचन

सहमतिको कुरा गर्दा यस अघि नेतृत्व सम्हालेकै व्यक्तिहरुको नाम आउने देखेपछि महाधिवेशनमा निर्वाचनको माग जोडतोडले उठेको छ । पत्रकारिता क्षेत्रमा प्रेस सेन्टरको भुमिका खुम्चिंदै गएको र यसका लागि यसअघिका नेतृत्वकर्मी जिम्मेवार रहेको भन्दै विरोधको स्वर सुनिन थालेको छ । अवसरको खात एउटै पंक्तिमा लागेको र यसले आमपंक्तिमा निराशा छाएको भन्दै निर्वाचनमा जानुपर्ने आवाज उठिरेको छ ।

नयाँ नेतृत्वका लागि कस्को दाबी

बिष्णु सापकोटा जुगल र बलराम थापा मध्ये एकको नेतृत्वमा निर्वाचनका लागि टिम बनाउन लागिएको बताइएको छ । दुई पक्ष मिलेर जाने र परिआए चुनावमा जाने गरी प्यानल निर्माण भइरहेको सूचना नेपाल आजलाई प्राप्त भएको छ । सचिन रोक्का, उपेन्द्र शर्मा, सन्तोष पौडेललगायतकालाई पदाधिकारीमा मिलाउने तयारी भइरहेको छ । महिलाबाट लक्ष्मी पुनले उपाध्यक्षमा आफ्नो दाबी सार्वजनिक गरिसकेकी छिन् । प्रभा बोगटी पदाधिकारीमा पर्ने निश्चितप्राय रहेको बताइन्छ । माओवादी महिला पत्रकार मध्ये शीर्ष तहमा रहेकी संगिता खड्का पत्रकार महासंघको सचिव भएकाले सेन्टरको कुनै पदमा नरहने बताइएको छ । उनी निर्वाचन मण्डलमा रहेर बाटो प्रशस्त गरिसकेकी छिन् ।

गोविन्द आचार्यले गरे मार्ग प्रशस्त

पत्रकार महासंघको भावि अध्यक्षका रुपमा हेरिएका प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रेस सेन्टरको नेतृत्वमा नरहने यसअघि नै स्पष्ट गरेका छन् । पत्रकार महासंघको उपाध्यक्ष र पारिश्रमिक निर्धारण समितिमा रहँदा उदाहरणीय काम गरेको भनि उनको तारिफ हुने गर्दछ ।

चर्चा जाँड र घुसपैठको

महाधिवेशन प्रतिनिधिले कतिपय नेतामाथि गम्भीर आरोप लगाएका छन् । एमाले निकटका पत्रकार र पत्रिकालाई सूचना पुराउने गरको, जाँड खाएर मनपरी स्टाटस लेख्ने र अभिव्यक्ति दिने गरेको चर्चा चलेको छ । संगठनको नेता भएपनि अर्को संगठनको कारिन्दाको हैसियतामा प्रस्तुत भएको तथा विदेश घुम्ने लोभमा अनधिकृतरुपमा अर्को संगठनमा आवद्ध व्यक्तिहरुलाई नेताहरुको पहुँचमा पुर्याउने गरेको आक्षेप लाग्न थालेको छ । ठाऊँमा बसेर पनि भुमिका निर्वाह नगर्नेे, तर्क गर्नुपर्ने ठाऊँमा मौन बस्ने तथा बोल्न नपर्ने ठाऊँमा अनावस्यक बोलेर संगठनलाई क्षति पुर्याउने प्रवृत्तिप्रति सजग रहन प्रतिनिधिलाई नेतृत्वका नयाँ आकाँक्षीले अपिल गरिरहेका छन् ।

Om Sharma Press Cener

विशेष