विचित्र विश्व

३१ औला भएका बालक

३१ औला भएका बालक

31-figgure

चीनका एक बालकले जन्मिदै ३१ ओटा औला थिए । कमजोर आर्थिक अवस्था भएको परिवारमा जन्मिएका बालकको आमाबाबुले शल्यक्रियामार्फत अनावश्यक औँला फाल्न चाहेका थिए । तर ति बालकको आमबाबुले पैसा अभावका कारण चाहेर पनि बालककाले शल्यक्रिया गर्न सकेका थिएनन् ।

अब भने ति बालकलाई चीनको निङ्बो सिटी अस्पतालले निशुल्क रुपमा शल्यक्रिया गर्ने भएको छ । उक्त अस्पतालले ति बच्चालाई शल्यक्रिया गर्ने भएपछि उनका बाबुआमालाई राहत मिलेको छ ।

ति बालकको हातमा १६ ओटा र खुट्टामा १५ ओटा औँला छन् । शल्यक्रिया गरेर औँलाहरु हटाउने र बालक १६ वर्षको नपुगुञ्जेल यस कारणले स्वास्थ्यमा कुनै जटिलता आएमा त्यसको पनि अस्पतालले निःशुल्क उपचार गरिदिने बताइएको छ । शल्यक्रिया लामो हुन सक्ने तथा वर्षाै पनि लाग्न सक्ने अस्पतालले जनाएको छ । त्यही भएर १६ वर्षसम्मको योसँग सम्बन्धित खर्च अस्पतालले बेहोर्ने निर्णय गरेको हो ।

विशेष