दलहरुका कारण अनुगमन समिति बन्न सकेन


पुस १७ । दलहरुको किचलोका कारण अनुगमन समिति बन्न नसकेको सभामुख ओनसरी घर्तीले जनाएकी छन् । संसदको कार्यसंचालन नियमावली र त्यसले निर्धारण गरेको मूल्य, मान्यता, विधि र प्रक्रिया भन्दा बाहिर गएर सांसद र संसद सचिवालयका कर्मचारी कसैले पनि कुनै पनि गतिविधी गर्न मिल्दैन ।
यो स्थापित मान्यता हो । यो नियमावली संसदका लागि सबभन्दा महत्वपूर्ण दस्तावेज हो । यसको भावना विपरीत जानु संवैधानिक व्यवस्थाविपरीतको आचरण हो । आचरण अनुगमन समिति बनाउने कुरामा मैले पटक–पटक राजनीतिक दलका शीर्ष नेता र प्रमुख सचेतकहरुको छलफलमा पटक–पटक राखेकी छु ।
राजीनिक दलहरुलाई संसदमा उनीहरुको हैसियतका आधारमा सदस्य दिनुहोस यो समितिलाई सक्रिय बनाउनुर्छ भनेकी छु । दलहरुले नाम नदिएका करण अनुगमन समिति बन्न सकेको छैन । छिटो बनाउने कुरामा र त्यो समितिको कार्यक्षेत्रमा पर्ने सम्पूर्ण गतिविधिमा काम गर्न म आतुर छु ।
Onsari Gharti