महाभियोगमा कांग्रेसविरुद्ध कोकोहोलो मच्चाउने एमाले अहिले किन डरायो ?
पुस १७ । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई गुमराहमा राख्दै संसदमा दर्ता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्धमा दर्ता गरेको महाभियोग प्रस्तावबाट मुख्य प्रस्तावक दल नेकपा एमाले नै पछि हटेको छ ।
महाभियोग प्रस्ताव दर्ता गराएसँगै नेपाली कांग्रेसले महाभियोगका बारेमा निर्णय गर्न नसकेको भन्दै कोकोहोलो मच्चाएको एमाले पछिल्लो समयमा सो प्रस्ताव संसदको पूर्ण बैठकमा छलफल गर्नका लागि अवरोध गर्ने मात्र होइन महाभियोग सिफारिस समितिमा छलफल गर्न समेत डराएको छ ।
स्रोतका अनुसार २५ जना नेताहरुका विरुद्धमा अख्तियार प्रमुख लोकमान सिंह कार्की प्रमाणसहित भ्रष्टाचार अभियोग दर्ता गर्न तयार पारेको तथ्य सार्वजनिक गर्ने तयारी थालेपछि एमाले महाभियोग प्रस्तावमाथि छलफल गर्न हच्किएको हो । संसदमा महाभियोग प्रस्तावमाथि कात्तिक ४ गतेदेखि छलफल शुरु भएको थियो । –देशान्तर साप्ताहिकबाट