राजनीति

राष्ट्रिय सहमति गरेर मात्र संविधान संशोधन गरिनुपर्छ : रायमाझी

पुस–१७ । नेकपा (माओवादी केन्द्र)का नेता टोपबहादुर रायमाझीले संविधान कार्यान्वयनको साटो सरकारले संशोधनलाई प्रमुख ठानेका कारण देशमा असहज परिस्थति सिर्जना भएको बताएका छन् । अार्इतबार भएको पत्रकार समेलनमा नेता रायमाझीले ‘संविधान संशोधनभन्दा संविधान कार्यान्वयन महत्वपूर्ण विषय भएकाले’ सरकार त्यसतर्फ लाग्नुपर्ने सुझाव उनको थियो । उनले पहिला राष्ट्रिय सहमति गरेर मात्र संविधान संशोधन गरिनुपर्ने धारणा राखे । पूर्वउपप्रधानमन्त्री रायमाझीले भने, ‘तराईको उर्वराभूमि, पहाडको पानी र हाम्रो आनीबानी मिलेकाले तराई र पहाडलाई छुट्याउन हुँदैन भन्नुभयो ।” एक प्रसङ्गमा उनले दाङलाई राष्ट्रिय राजधानी बनाउनुपर्ने विचार पनि व्यक्त गरे । रासस

टोपबहादुर रायमाझी संविधान संशोधन

विशेष