राजनीति

एमाले र माओवादी मिलेः मंसिरभित्र तीनवटै चुनाव गराउने सहमति

एमाले र माओवादी मिलेः मंसिरभित्र तीनवटै चुनाव गराउने सहमति

पुस १८ । सत्ता नेतृत्वकर्ता माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी एमाले नेताबीच मंसिरभित्र तीनवटै निर्वाचन गरिसक्ने सहमति भएको छ । नयाँ बानेश्वरको एक निजी घरमा दुवै दलका दोस्रो तहका नेताबीच आइतबार राति ९ बजेसम्म बसेको बैठकले उक्त सहमति गरेको हो । संविधान संशोधन प्रस्तावको विषयलाई लिएर अवरुद्ध संसद खुलाउन र विधेयक अघि बढाउने उपाय खोजी गर्न पर्याप्त लचकता अपनाउनेबारे शीर्ष नेतृत्वसँग एक पल्ट फेरि कुरा गर्ने उनीहरुले निर्णय गरेका छन् । सोमबार बिहान १० बजे प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच बालुवाटारमा फेरि बैठक बस्नेसमेत सोही छलफलका क्रममा टुंगो लागेको छ । ‘संसद अवरोध कसरी खुलाउन सकिन्छ भन्नेबारे घनीभूत कुराकानी भयो, तत्कालै कुनै टुगंोमा नपुगे पनि अब संविधान कार्यान्वयनको लागि अर्को वर्ष माघ अगडि नै चुनाव गर्नेमा दुई दलबीच अलमल छैन, –माओवादी नेता नारायणकाजी श्रेष्ठले भने । –कान्तिपुर दैनिकबाट

विशेष