महानिर्देशक महेश्वर न्यौपानले पानमसलाबाट २ करोड घुस लिएपछि उद्योगमन्त्री जोशी बेखुस
पुस १८ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले २०७३ मंसिर २९ गते उद्योग विभागमा अनियमतिता हुने गरेकोले दैनिक एक घण्टा अनुगमन गर्ने घोषणा नै गरे । मन्ी २०७३ मंसिर अन्तिम सातादेखी नै उद्योग विभागमा छड्केमा जान थालेका थिए । उनी छड्केमा जानुको कारण रहेछ, राजनिवास ब्रान्डको पानमसला कम्पनीको विपवादमा महानिर्देशक महेश्वर न्यौपानेले गरेको फैसला ।
राजनिवास ब्रान्डको पानमसला नेपालको गणपति टोबाको कम्पनीले ट्रेडमार्क दर्ता गर्दै बिक्री वितरण गदैै आएको थियो । तर, पछि भारतीय कम्पनी तेजराम धर्मपालले राजनिवास ब्रान्ड आफ्नो भएको दाबी गर्दै उद्योगमा मुद्दा दिएको थियो । सुरुमा गणपति टोबाको पक्षमा फैसला गरेको उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानले पछि भारतीय कम्पनी तेजरामको पक्षमा फैसला गरेका थिए । मन्त्री निकट स्रोत भन्छ, राजनिवास पान मसला भारतीय कम्पनी जेरजार धर्मपालको पक्ष्मा फैसला गर्ने क्रममा महानिर्देशक न्यौपानले २ करोड आर्थिक लेनदेन गरेको सूचना मन्त्री जोशीले थाहा पाएपछि उनी चिढिएका थिए । –साँघु साप्ताहिकबाट