असुली धन्दा चलाउनकै लागि अर्थमन्त्री महराले अनामनगरमा गोप्य कार्यालय खोले
पुस १८ । देशको अर्थतन्त्र सुधार्ने ठाउँमा पुगका अर्थमन्त्री कृष्णबहादुर महरा देशको अर्थतन्त्र सुधार्न छाडेर आफ्ना व्यक्तिगत स्वार्थमा लिप्त भएर लागेको भन्दै पार्टी भित्रैबाट उनको आलोचना शुरु भएको खबर छ । मन्त्री महरामाथि पदको दुरुपयोग गर्दै अपारदर्शी ढंगले आर्थिक गतिविधि अगाडि बढाएको आरोप छ । विवादास्पद व्यक्तिलाई च्यापेर मन्त्री महरा संदिग्ध आर्थिक गतिविधिमा सामेत भएपछि पेरिसडाँडा वरपरसमेत यसको चर्चा हुन थालेको छ ।
स्रोतका अनुसार, मन्त्री महराले काठमाडौको मुलपानीका विवादास्पद हुण्डी व्यवसायी रमेश तिवारीलाई अघि सारेर यतिबेला आर्थिक संकलनलाई भूमिगत शैलीमा तीव्रता दिइरहेका छन् । त्यसका लागि महराले काठमाडौको अनामनगरमा एउटा गोप्य कार्यालय समेत स्थापना गरेको माओवादी केन्द्र स्रोतबाट थाहा भएको छ । अनामनगरमा खोलिएको सोही कार्यालयबाट पछिल्लो समयत तिवारीले महराको मतियार बनेर आर्थिक संकलन गरिरहेको दाबी स्रोतको छ । –साँघु साप्ताहिकबाट