विचित्र विश्व

समाचार वाचिकाले लाइभमा नै गरिन यस्तो

समाचार वाचिकाले लाइभमा नै गरिन यस्तो

एजेन्सी । इटालीकी यी समाचार वाचिकाले दर्शकहरुलाई वास्तविक न्यूज फ्लास प्रस्तुत गरिन् । लाइभ समाचार वाचन गरिरहेको बेलामा उनले अकस्मात आफ्नो भित्री वस्त्र देखाउन पुगिन् ।

छोटो स्कर्ट लगाएकी ती समाचार बाचिकाले गोडा फट्याउँदा भित्री वस्त्र देखिएको उनलाई पत्तै भएन । डेस्कमुनि गोडा रहेका कारण दर्शकले आफ्नो कम्मरमुनिका दृश्य देख्दैनन् भनेर निस्फिक्रि गोडा फट्याएकी ती समाचार वाचिकाले उक्त डेस्क सिसाको पारदर्शी डेस्क हो भन्ने ख्याल गरिनन् ।

इटालियन टेलिभिजन च्यानल टीजी फाइभमा रात्रीकालीन समाचार बुलेटिन प्रस्तुत गरिरहेकी समाचार वाचिका कोस्टान्जा कालाब्रिजले भित्री वस्त्र दर्शन गराइरहँदा दर्शक अवाक बने । ३८ वर्षे यी सुन्दरीले समाचार वाचन गर्दा सुरुमा उनको अनुहारमा क्यामरा जूम गरिएको थियो ।

तर विस्तारै क्यामरा जुम आउट हुँदै पूरै समाचार डेस्क देखायो । त्यसक्रममा गोडा फट्याएर बसेकी समाचार बाचिकाको स्कर्टले छोप्न नसकेको भित्री वस्त्र छ्यांगै देखियो ।

विशेष