तीन दलको बैठक निष्कर्षविहीन, संसदमा भिडन्तको संकेत
पुस १८ । राजनीतिक गतिरोध अन्त्यको प्रयासमा बसेको प्रमुख तीन दलको बैठक आज पनि निष्कर्षविहीन भएको छ । सिंहदरवारमा बसेको बैठकमा शीर्ष नेताहरु आ–आफ्नै अडानमा कायम रहेपछि सहमति नभएको हो ।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने अडान दोर्होयाएका थिए । उनले बैठकपछि पनि पत्रकारहरुसँग कुरा गर्दै संशोधन प्रस्ताव फिर्ता भए सहमति हुने बताए । यसैगरी नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सहमतिको प्रयास जारी राख्ने बताए ।