राजनीति

निर्वाचनको तयारीस्वरुप विभिन्न कार्यक्रम, संविधानमा अपाङ्ग अधिकार सुनिश्चित

निर्वाचनको तयारीस्वरुप विभिन्न कार्यक्रम, संविधानमा अपाङ्ग अधिकार सुनिश्चित
पुस १८ । नेपाली काँग्रेस काठमाडौँले स्थानीय, प्रान्तीय र केन्द्रीय निकायको निर्वाचनलाई ध्यानमा राखी दश वटै निर्वाचन क्षेत्रमा विभिन्न कार्यक्रम गर्ने भएको छ । केन्द्रीय प्रतिनिधि पूर्णबहादुर खड्काको उपस्थिति तथा काँग्रेस काठमाडौँका सभापति सबुज बानियाँको सभापतित्वमा आज बसेको बैठकले वडा, नगर, महानगरभित्रको सङ्गठन विस्तार गर्न विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको हो । यस्तै यही पुुस २१ देखि २६ गतेसम्म दशवटै निर्वाचन क्षेत्रमा क्षेत्रीय समितिको बैठक बस्ने तथा २६ देखि जिल्लास्तरीय बैठक बसेर सङ्गठन विस्तारका बारेमा छलफल तथा विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको काँग्रेस काठमाडौँका कोषाध्यक्ष गोविन्द पुडासैनीले जानकारी दिए।
‘संविधानमा अपाङ्ग अधिकार सुनिश्चित’ काँग्रेसका नेता एवम् सांसद रामचन्द्र पोखरेलले संविधानले शारीरिक रुपले अशक्त (अपाङ्गता) भएको व्यक्तिको अधिकारलाई सुनिश्चित गरेको बताए । राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाजले अपाङ्गता भएका व्यक्तिलाई दिएको छमहिने तालिमको आज समापनका अवसरमा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै उनले अहिलेको संविधान समावेशी भई सबै क्षेत्रको भावना र चाहनालाई समेटेको बताए । सहयोगी संस्था ल्याटर डेका तर्फबाट स्कट विभरले राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाजले शारीरिक रुपमा अशक्त भएका व्यक्तिलाई गरेको सहयोगको प्रशंसा गरे। कार्यक्रममा समाजले असहाय बालबालिका तथा महिला उत्थान समाजलाई कम्प्युटर वितरण गरेको थियो । सो अवसरमा १५ शारीरीक तथा दृष्टिविहीन व्यक्तिलाई सिलाइबुनाइ तथा कम्युटर तालिम दिइएको थियो ।

अपाङ्ग अधिकार काँग्रेस

विशेष