विचित्र विश्व

एक युवतीको जिब्रोको मूल्य १३ करोड !

एक युवतीको जिब्रोको मूल्य १३ करोड !

चकलेट बनाउने बेलायती क्याडबरी कम्पनीले एक युवतीको जिब्रोका लागि १० लाख पाउण्ड अर्थात झण्डै साढे १३ करोड तिरेको छ ।  उक्त कम्पनीले ती युवतीको जिब्रोको लागि दश लाख पाउण्ड अर्थात् १३ करोड ३४ लाख रुपैयाँ बराबरको बिमा गराइदिएको हो ।

लण्डनस्थित क्याडबरी कम्पनीले उत्पादन गरेका चकलेटको स्वाद चाख्ने काम ती युवतीको हो । ती युवतीजस्ता अन्य ३ सय जना चाख्ने कर्मचारी क्याडबरीले भर्ति गरेको छ ।

नियमित रुपमा चकलेट चाख्नुपर्ने भएको हुँदा त्यसले जिब्रोमा पार्नसक्ने सम्भावित असरलाई ध्यानमा राख्दै झण्डै साढे १३ करोड रुपैयाँको बिमा कम्पनीले गरिदिएको हो । कर्टिस चकलेट विज्ञ हुन् । नयाँ चकलेटी स्वादको सिर्जना गर्ने कर्टिसले आफ्नो जिब्रोको बहुमुल्य विमा भएकोमा निकै खुसी लागेको बताएकी छिन् ।

Catbary

विशेष