राजनीति

स्ववियू निर्वाचन फागुन १४ गते हुने, उम्मेदवारलाई तोकियो उमेर हद

स्ववियू निर्वाचन फागुन १४ गते हुने, उम्मेदवारलाई तोकियो उमेर हद

पुस १९ । त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरुमा यही फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने गरी तालिका सार्वजकि हुँदैछ । दुई बर्षमा हुनुपर्ने निर्वाचन आठ बर्षपछि हुन लागेको हो ।

भोलिसम्ममा त्रिभुवन विश्वविद्यालयले यसका बारेमा औपचारिक निर्णय गरिसक्ने बताइएको छ । स्ववियू निर्वाचनमा उम्मेदवारको उमेर हद २८ बर्ष तोकिएको छ । अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले उम्मेदवारी दर्ता गर्ने दिनसम्म २८ बर्ष ननाँघेको व्यक्ति उम्मेदवार हुन पाउने जानकारी दिए । उमेर हदकै विषयमा कुरा बल्झिदा निर्वाचन हुन सकिरहेको थिएन ।

२८ बर्षको उमेर हद तोकिएसँगै बिद्यार्थी राजनीति गरेका र केन्द्रीय तहमा रहेका अधिकांशले स्ववियू निर्वाचनमा भाग लिन नपाउने भएका हुन् । उमेर हदका कारण नयाँ पुस्ता विद्यार्थी राजनीतिको सत्तामा पुग्ने देखिएको छ ।

Student Election

विशेष