राजनीति

सर्वोच्च अदालतको फैसला आफ्नो पक्षमा भएको एमालेको दाबी

सर्वोच्च अदालतको फैसला आफ्नो पक्षमा भएको एमालेको दाबी

पुस १९ । नेकपा एमाले स्थायी समिति बैठकले सर्वाेच्च अदालतको सोमबार फैशलाले प्रदेशसभाको सहमति बिना प्रदेशको सिमा हेरफेर हुननसक्ने आफ्नो पार्टीको अडानलाई पुष्टि गरेको दावी गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर बालकोटस्थित निवासमा बसेको स्थायी समितिको बैठकले यस्तो निर्णय गरेको हो । एमाले प्रचार बिभाग प्रमुख योगेश भट्टराईले जारी गरेको बिज्ञप्ती अनुसार, बैठकले संसदमा दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिएर राजनीतिक सहमतिका आधारमा अघि बढ्न सरकारलाई आह्वान गरेको छ ।

सर्वाेच्चको फैशलापछि विकसित राजनीतिक अवस्थामा कसरी अघि बढ्ने भन्नेबारे संसदमा रहेका ९ दलको आफ्नो नेतृत्वको बिपक्षी मोर्चासँग छलफल गरेर अघि बढ्ने पनि एमाले स्थायी समितिको निर्णय छ ।

तर, एमाले बैठकले पुष २२ गते काठमाडौंमा गर्न लागेको र्याली र सभालाई भने अझ सशक्तरुपमा गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश नम्बर ५ को आन्दोलनमा सहभागि सबैलाई धन्यवाद दिएको छ । एमालेको यो निर्णयले अब त्यहाँ त्यो प्रकारको आन्दोलन अघि नबढाउने आशय देखाउँछ । यस्ताे छ एमाले स्थायी कमिटीकाे  निर्णय

CPN UML

विशेष