राजनीति

निरन्तर संसद् अवरुद्ध गर्नु अलोकतान्त्रिक : मन्त्री केसी

निरन्तर संसद् अवरुद्ध गर्नु अलोकतान्त्रिक : मन्त्री केसी
पुस–१९ । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले संविधान संशोधन प्रस्तावलाई छलफल नै गर्न नदिन निरन्तर संसद् अवरुद्ध गरेर नेकपा (एमाले)ले अलोकतान्त्रिक पद्धति अपनाएको बताएका छन् । समाजसेवी तथा शिक्षक जयराम दवाडीद्वारा लिखित ‘मेरो जीवनयात्रा’ नामक पुस्तकको मंगलबार लोकार्पण गर्दै उनले संविधान कार्यन्वयनमा एमाले बाधक बनेको बताए । सविधान निर्माण गर्नेहरुले मधेसी मोर्चालाई सहमतिको बँुदा निकाल्न एक ठाउँमा आउनुपर्ने समयमा मधेसलाई अलग राख्न खोज्नु गलत भएको धारणा राखे । उनले भने, “सविधान सशोधनको प्रस्तावमा चित्त नबुझे अस्वीकार गर्न सकिन्छ तर प्रस्तावलाई प्रस्तुत नै गर्न नदिनु अराजकता हो, लोकतान्त्रिक मान्यता अनकूल होइन ।” उनले सर्वोच्च अदालतले सोमबार गरेको फैसलाले संवैधानिक सहमति निकाल्न नयाँ बाटो खुल्ने विश्वास व्यक्त गरे । पुस्तकका लेखक दवाडीले शिक्षा मानिसका लागि सबैभन्दा ठूलो आवश्यकता भएकाले आफूले देशका विभिन्न जिल्लामा प्राध्यापनका समयमा विद्यालय खोल्ने, महिलालाई शिक्षाका लागि प्रेरित गर्ने गरेको कुरालाई पुस्तकमा समावेश गरेको बताए । रासस

अर्जुननरसिंह केसी अलोकतान्त्रिक संसद् अवरुद्ध

विशेष