देउवाले खुमबहादुरलाई भनेछन्, ‘सरी यार, उपसभापति विमलेन्द्रलाई बनाउनु भन्ने पारिको कुरा छ’
पुस २० । प्रधानमन्त्री, प्रहरी प्रमुख, मुख्य सचिवजस्ता महत्वपूर्ण कार्यकारी पदको कुरै छाडौं, यी त राजकीय संयन्त्रका कुरा भए तर अमुक पार्टीको कुन नेतालाई कस्तो दर्जा दिने, कुन जिम्मेवारीमा राख्ने भन्ने कुरामा समेत दक्षिणले माइक्रो म्यानेजमेन्ट गर्दोरहेछ । देशकै ठूलो पार्टी नेपाली कांग्रेसको कथा हो यो । कोइराला परिवारबाट पार्टीको बागडोर हत्याउने के के खेल भए त्यो दुनियाँलाई थाहा छ । को कोसँग के के बाचा कसम गरिएको थियो, त्यो पनि समयक्रमा खुल्दैछ । तर शेरबबहादुर देउवाले उतिबेला गरिएका कतिपय बाचा पूरा गर्न नसक्नुको दोषचाहिँ भारतीय खुफिया एजेन्सी ‘र’ का निवर्तमान प्रमुख राजेन्द्र खानलाइ लगाउन थालिएको छ ।
‘यतिका महिना बितिसक्यो मलाई किन अहिलेसम्म उपसभापति नबनाएको ? ’ खुमहादुर खड्काले र्याखर्याख्ती पारेपछि देउवाले आफ्नो मजबुरी प्रकट गरेछन् । ‘मैले तिम्लाई बनाउन नसक्ने भएँ । विमल (विमलेन्द्र निधि)लाई नै त्यो पद दिन पारिले कचकच गरेको छ । ’ उनको स्पष्टीकरण थियो, ‘पारिलाई चिढ्याएर तिमीलाई उपसभापति दिन सक्दिनँ ।’ –जनआस्था साप्ताहिकबाट