अपराध सुरक्षा राजनीति

चुनावमा सबै सम्पत्ति सकेर २८ लाख ऋण बोकेका बलदेवले कसरी किने ४३ लाखमा जग्गा ?

चुनावमा सबै सम्पत्ति सकेर २८ लाख ऋण बोकेका बलदेवले कसरी किने ४३ लाखमा जग्गा ?

पुस २० । प्रधानमन्त्री, मन्त्रीलगायतका कार्यकारी प्रमुखहरुको सल्लाहकार टोलीमा पुग्न किन मान्छेहरु मरिहत्ते गर्छन् बुझ्न कतै गइरहनै पर्दैन, प्रचण्डका राजनीतिक सल्लाहकार चन्द्र खनाल बलदेवलाई छोटो समयमै प्राप्त भौतिक लाभ मात्र हेरे पुग्छ । अघिल्लो निर्वाचनमा कपिलवस्तुको क्षेत्र नम्बर १ बाट लडेका उनले भएभरको जेथा बटुलेर बुटवलको घडेरीसहित बेचेर खर्च चलाएका थिए तर त्यतिले पनि पुगेन । पार्टीलाई बुझाइएको विवरणअनुसार त्यसबेला २८ लाख उल्टो ऋण लाग्यो । हार पनि व्यहोर्नु पर्यो ।

लगभग १३ हजार मत ल्याएर एमालेको बलराम अधिकारीले जित्दा उनी भने ६४ सय मतसहित तेस्रो भए । हुन त चुनाव हारे पनि दोस्रो हुने दीपकुमार उपाध्यायले दिल्लीका लागि दोस्रोचोटि राजदूत पाए भने बलदेवले प्रचण्डको सल्लाहकारका रुपमा सरकारी सुविधा भोग गरिरहेका छन् । तर त्यतिले नपुगेर उले ठूलै माछा फेला परेछन् । नत्र त्यत्रो ऋणमा भएको मान्छेले साढे ४३ लाखमा कसरी जग्गा खरिद गर्न सक्थे ?

स्थानीय स्रोतका अनुसार डेढ महिनाअगाडि उनले वाणगंगा १३ मा १५ कठ्ठा जमिन किनेका हुन् । प्रतिकठ्ठा दुई लाख ९० हजार मूल्य तिरेर आफ्नै नाममा खरिद गरेको जमिन आफ्नै साढुभाइ विष्णु शाहले मिलाइदिएका हुन् । –जनआस्था साप्ताहिकबाट

विशेष