राजनीति

मोर्चाले फेरि निहुँ खोज्यो, अब भन्दैछ, ‘प्रदेश टुक्रा पार्न नदिने धारा नै खारेज गरियोस्’

मोर्चाले फेरि निहुँ खोज्यो, अब भन्दैछ, ‘प्रदेश टुक्रा पार्न नदिने धारा नै खारेज गरियोस्’

पुस – २० । मधेसी मोर्चासहितको संघीय गठबन्धनले प्रदेश टुक्रा पार्न नदिने धारा नै खारेजसहित चार नयाँ माग अघि सारेको छ । सरकारले संसदमा पेस गरेको संविधान संशोधन प्रस्ताव पारित गराउने रणनीतिको खोजी गर्न बुधबार बसेको बैठकले थप चारवटा माग अघि सारेको हो । गठबन्धनले संशोधन रोक्न नहुने सर्वोच्चको आदेश सकारात्मक रहेको उल्लेख गर्दै चारवटा माग अघि सारेको हो । गठबन्धनका बुधबारको बैठकमा संसद् अवरोध गर्नु एमालेको कदम अलोकतान्त्रिक ठहर गरेको छ । गठबन्धनले पहिलो नम्बरमा परिमार्जन नभए संशोधन विधेयक मान्य नहुने भाग राखेको छ । दोस्रो माग मुआब्जा दिएर मात्रै सडक बिस्तार गर्नु पर्ने राखेको छ भने तेस्रो मागमा प्रदेश संख्या हेरफेर गर्न बन्धेज गरेको धारा २७४ खाजेर गर्नु पर्ने राखेको छ । त्यस्तै संविधान संशोधन पछि मात्रै चुनाव, नभए चुनाव अमान्य निर्णय बुधबारको बैठकले गरको छ । गठबन्धनको बैठक मध्यान्ह १२ बजे संघीय समाजवादी फोरम नेपालको कार्यालय तीनकुनेमा बसेको थियो भने मधेसी मोर्चाको बैठक बुधबार नै दिउँसो तीन बजेका लागि तमलोपाको कार्यालय बिजुली बजारमा बसेको हो ।

विशेष