विचित्र विश्व

सुल्तानको शौख, सुनकै जहाजमा उड्छन्, सुनकै ट्वाइलेटमा शौच गर्छन

सुल्तानको शौख, सुनकै जहाजमा उड्छन्, सुनकै ट्वाइलेटमा शौच गर्छन

ब्रुनाईका सुल्तान हसनल बालकिया  दुनियाँका शौखिन तथा विलासी मानिसमा गनिन्छन् । ब्रुनाईका सुल्तान हसनल देशका ठूला व्यवसायी पनि हुन् । त्यसैले उनीसँग धनसम्पत्तिको कमी हुने कुरा भएन ।

उनलाई आफ्नो धनसम्पत्ति देखाउने ठूलो शौख छ । उनी सुनको जहाजमा घुम्दछन् । उनको नुरल प्यालेस नामक राजमहल पनि सुनजडित छ । यो दरबार २६ लाख वर्ग फिटमा बनेको छ । उक्त दरबार बनाउन ३८ अर्ब रुपैयाँ भन्दा बढी खर्च भएको बताइन्छ । सन् १९८४ मा बनेको उक्त महलमा १ हजार ७ सय ८८ वटा कोठा छन् । त्यसमा २ सय ५७ वटा त बाथरुम नै छन् ।

दरबारमा रहेको गुम्बज २२ क्यारेट सुनबाट बनाइएको छ । साथै दरबार परिसरमा १ सय १० वटा कार पार्किंग गर्न मिल्ने ठाउँ छ । साथै घोडचढीमा प्रयोग हुने २ सय घोडा राख्न मिल्ने एयर कन्डिसनयुक्त तबेला छ । साथै दरबार परिसरमा ५ वटा स्विमिंग पुल समेत रहेका छन् ।

Brunai Sultan

विशेष