विचित्र विश्व

राजदरबारमा भूत आउने महारानीको दाबी

राजदरबारमा भूत आउने महारानीको दाबी

स्वेडेनको दरवारमा भूत आउने गरेको महारानी सिल्भिया रेन्टीले बताएकी छिन। दरवारमा आफु आएदेखि भूत आउने गरेको एक अन्तर्वातामा स्वेडेनकी महारानी सिल्भिया बताएकी हुन । ७३ वर्षिया महारानी सिल्भियाले दरवारभित्र धेरै भूतहरु रहेको समेत दावी गरेकी छिन । ‘कहिले पनि दरवारमा एक्लै छु भन्ने लाग्दैन । किन भने त्यहाका हरेक कोठाहरुमा साना साना धेरै भूतहरु छन् ।’

’डर्टिङहम प्लेस’ नामक डकुमेन्ट्रीकालागि बोल्दै महारानी सिल्भियाले उक्त दावी गरेकी हुन । १५ औँ सताब्दीमा बनेको स्वेडेनको उक्त राज दरवारमा आउने भूतहरु घातक नभएको महारानीले बताएकी छन ।

स्वीडेनको राजधानी स्कटहुममा रहेको उक्त दरवारमा ठुलो शक्ति रहेको पनि महारानीले बताइएकी छन् ।

४० वर्षअधि स्वीडेनका राजा कार्लसँग बिवाह गरेदेखि सिल्भिया उक्त दरवारमा वस्दै आइरहेकी महारानीलाइ क्रिसमसको अघिल्लो दिन अस्पताल भर्ना गरिएको छ ।

Swiden

विशेष