राजनीति

लम्पसारबादीहरुबाट सचेत रहन एमाले उपाध्यक्ष गौतमको खबरदारी

लम्पसारबादीहरुबाट सचेत रहन एमाले उपाध्यक्ष गौतमको खबरदारी

पुस २१ । नेकपा (एमाले) उपाध्यक्ष वामदेव गौतमले देशलाई विखण्डन हुन र जातीय तथा साम्प्रदायिक सद्भाव बिथोल्नेलाई सफल हुन नदिन विपक्षी नौ दलले यही पुस २२ गते राजधानीमा जनप्रदर्शनको तयारी गरेको बताएका छन् ।

जनप्रदर्शनका लागि परिचालित स्वयम्सेवकहरुलाई आज पार्टी केन्द्रीय कार्यालय धुमबाराहीमा उनले अनुशासित र चनाखो भएर काम गर्न कार्यकर्तालाई निर्देशन दिए । अभद्र तथा उच्छृङ्खल गतिविधिमाथि निगरानी गर्दै जनप्रदर्शनलाई भव्य र शानदार ढङ्गले सम्पन्न गर्न आग्रह गर्नुभयो ।

जनप्रदर्शन अपराह्न १ बजे रत्नपार्कबाट सुरु हुनेछ । त्यसभन्दा अघि विभिन्न ४० स्थानबाट जुलुसहरू रत्नपार्क आउने एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

एकीकृत जुलुस रत्नपार्कबाट पुरानो बसपार्क, भद्रकाली, सहिदगेट, न्युरोड गेट, भोटाहिटी, रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै प्रदर्शनीमार्गमा सभामा परिणत हुनेछ । सभालाई नौ राजनीतिक दलका प्रमुखहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

bamdev gautam

विशेष