राजनीति

प्राधिकरणका प्रमुख हटाएर सरकारले घटीया काम गर्याेः अध्यक्ष अाेली

प्राधिकरणका प्रमुख हटाएर सरकारले घटीया काम गर्याेः अध्यक्ष अाेली
पुस - २१ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई सरकारले हटाएकामा आपत्ति जनाएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा शुक्रबार हुने विरोधसभाबारे जानकारी दिन भएको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले सिइओ बर्खास्त गर्ने निर्णयप्रति आपत्ति जनाउँदै सरकारले घटीया काम गरेको टिप्पणी गरे । उनले सरकारले भूकम्पपीडितको पुनःनिर्माणका लागि खासै काम नगरेको, प्राधिकरणलाई स्वायत्त हुन तथा आवश्यक कर्मचारी र बजेट नदिएर उल्टै प्रमुखलाई पदमुक्तको अनुचित निर्णय गरेको आरोप लगाए । सरकारले बिहीबार प्राधिकरणका सिइओ सुशील ज्ञवालीलाई हटाउने निर्णय गरेको हो ।

KP Sharma Oli

विशेष