राजनीति

जनप्रदर्शनको पूर्वसन्ध्यामा मोटरसाइकल र्याली

जनप्रदर्शनको पूर्वसन्ध्यामा मोटरसाइकल र्याली
पुस - २१ । नेकपा (एमाले) लगायत नौ राजनीतिक दलको आयोजनामा शुक्रबार हुने जनप्रदर्शनको पूर्वसन्ध्यामा आज बृहत् मोटरसाइकल र्याली निकालिएको छ । एमाले, नेकपा (माले), राष्ट्रिय जनमोर्चालगायत नौ राजनीतिक दलले अपराह्न ३ बजे प्रर्दशनीमार्गस्थित भृकुटीमण्डपबाट मोटरसाइकल र्याली निकालेका हुन । र्यालीको एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु भएको थियो । भृकुटीमण्डपबाट सुरु भएको मोटरसाइकल र्याली त्रिपुरेश्वर, थापाथली, जावलाखेल, सातदोवाटो, कोटेश्वर, नयाँ बानेश्वर हुँदै पुनःभृकुटीमण्डपमा पुगी टुङ्गिएको थियो । रयालीमा एमाले उपाध्यक्ष वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, सचिव प्रदीप ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्टलगायतको सहभागिता थियो ।

विशेष