राजनीति

भारतीय ‘थिंक ट्यांक’ को निष्कर्ष : नेपाल चीनसँग नजिक हुँदै

भारतीय ‘थिंक ट्यांक’ को निष्कर्ष : नेपाल चीनसँग नजिक हुँदै
पुस २२ । भारतको एक अग्रणी थिंक ट्यांकले सार्क सदस्य राष्ट्रहरु त्यसमा पनि विशेषगरी नेपालमा चीनको सक्रिय भूमिका बढ्दै गएको निष्कर्ष निकालेको छ । भारत सरकार निकट रहेको अब्जर्भर रिसर्च फाउन्डेसनको अध्ययन प्रतिवेदनमा सार्क सदस्यहरुको भारतसँग भन्दा पनि चीनसँग बलियो दुई पक्षीय सम्बन्ध रहेको उल्लेख छ । संस्थाका मुख्य हर्ताकर्ता नेपालका लागि भारतीय पूर्वराजदूत श्यामशरण हुन् । अध्ययन प्रतिवेदन बुधबारमात्र सार्वजनिक गरिएको हो । संस्थामा सिनियर फेलोका रुपमा कार्यरत जयश्री सेन गुप्ताले सार्कबारे तयार पारेको प्रतिवेदनमा सार्क मुलुकहरुमध्ये पनि विशेष गरी नेपालमा चीनको प्रभाव बढेको उल्लेख छ । आलेखमा भनिएको छ, ‘नेपाल विशेषगरी चीनसँग नजिक हुँदै गएको छ र नेपालमा चीनले ठूलो मात्रामा लगानी गरिरहेको छ ।’ –कान्तिपु/

विशेष