विचित्र विश्व

हजुरआमाले जन्माइन् नाति !

हजुरआमाले जन्माइन् नाति !

बेलायतकी एक महिलाले सेरोगेसीको माध्यमबाट आफ्नै छोरीको छोरा जन्माएकी छिन् । ४५ वर्षकी जुली ब्रेडफोर्डले छोरी जेसिका जेन्किन्सका छोरा ज्याकलाई जन्म दिएकी हुन् ।

जेसिकालाई क्यान्सर भएकाले उनी आमा बन्ने सक्ने थिइनन् । २१ वर्षकी जेसिकालाई तीन वर्षपहिले सर्भिकल क्यान्सर भएको पत्ता लागेको थियो । त्यतिवेला जेसिकाको उमेर १८ वर्षको मात्र थियो । क्यान्सर पत्ता लागेपछि जेसिकाले आफ्नो गर्भाशयबाट डिम्ब झिकेर कार्डिफको विश्वविद्यालय अस्पतालमा जम्मा गरेकी थिइन् । जेसिकाले भनेकी छिन्, ‘मेरो किमो थेरापी सुरु हुनुभन्दा अगाडि नै २१ डिम्ब त्यहाँ राखिएका थिए । तर, त्यसमा १० वटा मात्र बचे । त्य

सलाई भ्रूण बनाएर मेरी आमाको गर्भाशयमा प्रत्यारोपण गरिएको थियो ।’ जेसिकाले थपेकी छिन्, ‘ज्याकको जन्म शुक्रबार भएको हो । र, ऊ स्वस्थ पनि छ । मेरी आमा यो विश्वकै अद्भूत आमा हुनुहुन्छ । लामो समयदेखि आमा बन्न चाहेको मेरो सपना उहाँले पूरा गरिदिनुभएको छ ।’ जेसिका र उनका पति रिसले यही वर्षको सुरुवातमा मात्र सेरोगेसीबाट बच्चा जन्माउने योजना बनाएका थिए । त्यसमा उनीहरूलाई जेसिकाकी आमाले सहयोग गरिन् ।

जेसिकाकी आमा जुलीले भनेकी छिन्, ‘मलाई लाग्थ्यो, जेसिका मजस्तै आमा बन्न चाहन्छिन् । जब उनलाई क्यान्सर भएको थाहा भयो, हामी सबैको मन दुख्यो । उनलाई खुसी बनाउन नै मैले उनको सेरोगेट बन्ने सोचेँ । यो बच्चालाई जन्म दिनु मेरा लागि एउटा सम्मानको कुरा हो ।’

HajurAma Nati

विशेष