राजनीति

सरकारी गाडी जलाएको घटनाको युवा संघले जिम्मा लियो, माफी मागेन

सरकारी गाडी जलाएको घटनाको युवा संघले जिम्मा लियो, माफी मागेन

पुस २२ । सरकारी गाडी जलाएको घटनाको जिम्मेवारी नेकपा एमालेको युवा संगठन युवा संघ नेपालले लिएको छ । संघका अध्यक्ष राजीव पहरीले एक विज्ञप्ति जारी गर्दै सो घटनाको जिम्मेवारी आफ्नो संगठनले लिने उल्लेख गरेका छन् । गत पुस १५ गते काठमाडौको नयाँ बानेश्वरमा युवा संघको एक समूहले सरकारी गाडीमा आगो लगाएको थियो । घटनामा उत्तेजित भीडले लगाएको र युवा संघको संलग्नता नरहेको सो संगठनले दाबी गर्दै आएको थियो ।

संघले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘यो घटना युवा संघ नेपालको मूल्य, मान्यता र नीति विपरीत भएकोले युवा संघ नेपाल उक्त घटनाको जिम्मेवारीका साथ कमजोरीलाई आत्मसात गर्दै आगामी दिनमा युवा संघ नेपालले कुनै पनि प्रकारको ध्वंसात्मक गतिविधि हुन नदिने प्रतिबद्धताका साथ सृजनात्मक र शान्तिपूर्ण गतिविधिमा एकताबद्ध भएर क्रियाशील हुने कुरा आमजनसुमदायमा जानकारी गराउँदछौं ।’

विशेष