राजनीति

विपक्षी ९ दलको शक्ति प्रदर्शन आज

विपक्षी ९ दलको शक्ति प्रदर्शन आज

पुस २२ । नेकपा एमालेसहित विपक्षी ९ दलले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछन् । संविधान संशोधन विधेयकको विरोधमा विपक्षी ९ दलले प्रदर्शनसहित आमसभा गर्न लागेका हुन् ।

संविधान संशोधनको विरोधमा आज दिउंसो उपत्यकाका विभिन्न स्थानबाट जुलुस निकालेर रत्नपार्कमा विपक्षी दलका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् । विपक्षीदलका नेताहरुले शक्ति प्रदर्शन शान्तिपूर्ण ढंगले गर्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन् ।

शक्ति प्रदर्शनको पूर्व सन्ध्यामा हिजो उनीहरुले उपत्यकामा मोटरसाइकल र्याली निकालेका थिए ।

उनीहरुले डेढ लाख जनतालाई सडकमा उतार्ने दाबी गरेका छन् ।

विशेष