आज नौ दलको शक्ति प्रदर्शन, यी स्थानमा ट्राफिक जामको सम्भावना
पुस २२ । नेकपा एमालेसहित प्रतिपक्षी नौ दलले आज काठमाठौंमा शक्ति प्रदर्शन गर्दैछन । जातीय र साम्प्रदायिक सद्भाव विथोल्न सरकार नै लागि परेको दाबी गर्दै नौ दलले शक्ति प्रदर्शन गर्न लागेको हो ।
दिउँसो १ बजेदेखि हुने रत्नपार्कबाट जनप्रदर्शन हुँदैछ । त्यसअघि ४० स्थानबाट शुरु भएको जुलसहरु रत्नपार्क पुग्नेछन् । जुलुस रत्नपार्कबाट पुरानो बसपार्क, भद्राकाली, सहिदगेट, न्यूरोड गेट, भोटाहिटी, रत्नपार्क, बागबजार, पुतली सडकहुँदै प्रदर्शनी मार्गमा पुगेर सभामा परिणत हुनेछन् ।
सभामा एमालेसहितका आन्दोलनरत नौ दलका नेताहरुले सम्बोधन गर्नेछन् । दिउँसो १२ बजेदेखि यी क्षेत्रहरुमा सवारी आवागमन प्रभावित हुनेछ । बाँकी ४० स्थानबाट निस्कने जुलुसले पनि सवारी आवागमनमा प्रभाव पार्ने छ ।