नौ दलको जनप्रदर्शन नौटंकी मात्रै हो – फोरम सांसद
पुस २२ । प्रतिपक्ष नौ दलले शुक्रबार राजधानीमा आयोजना गरेको जनप्रदर्शन नागरिकको अधिकार खोस्ने दिशामा केन्द्रीत भएको संघीय समाजवादी फोरम नेपालका एक युवा सांसदले दाबी गरेका छन् ।
फोरमका सांसद अभिषेकप्रताप शाहले जनतालाई अधिकार नदिने, संघीयता भाँड्न खोज्ने, धर्मनिरपेक्षताको विरोध गर्ने, परिवर्तन स्वीकार नगर्ने एमाले चरित्रको जनप्रदर्शन नाटक मात्रै भएको बताएका छन् ।
जनप्रदर्शन गरेर परिवर्तन पक्षधर न्यायप्रेमी जनतालाई तर्साउन खोजेको हो भने त्यो एमालेको दिवास्वप्न मात्रै हुने उनले उल्लेख गरे । संविधान संशोधनमा एमालेले सहयोग नगरे पनि एमालेभित्रका मधेसी, मुस्लिम सांसदहरु संशोधनको पक्षमा रहेको उनले दाबी गरे ।