राजनीति

राप्रपा बैठक: समावेशी अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा जोड

राप्रपा बैठक: समावेशी अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा जोड
पुस - २२ । काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीको आगामी महाधिवेशनमा समावेशी अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ । राप्रपाका अध्यक्ष कमल थापाको अध्यक्षतामा शुक्रबार धुम्रबाराहीस्थित पार्टी कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले विधान संशोधन समितिका संयोजक बुद्धिमान तामाङले पेस गर्नुभएको प्रस्तावमाथि छलफल गर्दै पार्टीलाई समावेशी ढङ्गले अगाडि बढाउनेबारे बैठकका अधिकांश सदस्यले धारणा राखेको पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए । उनले भने – “पार्टीका अधिकांश सदस्यले आगामी महाधिवेशमा महिला, उत्पीडित, जनजाति, मधेसी, मुस्लिमको प्रतिनिधित्वलाई बढाउनुपर्ने धारणा राखेका छन् ।” राप्रपाको महाधिवेशन आगामी फागुन ६ देखि ९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय यसअघि नै भइसकेको छ । यस्तै बैठकमा संविधान संशोधन, तीन तहको निर्वाचन, मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रवक्ता श्रेष्ठले बताए ।

विशेष