राजनीति

देश टुक्र्याउने सरकारको ग्रयान्ड डिजाइन–केसी

देश टुक्र्याउने सरकारको ग्रयान्ड डिजाइन–केसी
पुस–२२ । संविधान संशोधनको विरोधमा प्रमुख विपक्षी एमालेसहितका नौ दलले भृकुटीमण्डप परिसरमा जनपदर्शन गरेका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफूहरुको टक्कर लगाए–अह्राएको गर्नेहरुसँग नभई भारतीय शासकहरुसँग भएको बताएका छन् । उनले भारतले गरेको नाकाबन्दी विषयलाई लिएर भारतमाथि आलोचना पनि गरे । उनले एउटा प्रदेश टुक्रिनेत हो नि भन्न नहुने भन्दै भने,‘आज पाँच नम्बरलाई टुक्रापार्न दिँदा भोली १, २ वा अन्यलाई किन नहुने भन्ने हुन्छ, त्यो हामी दिदैनौँ ।’ केसीले भने,‘पाँच लानम्बरलाई अलग गर्ने , पछि १ लाई र अन्यलार्य अलग गर्ने ग्रयान्ड डिजाइन छ, त्यो हुने दिदैनौँ ।’ सभालाई सम्बोधन गर्दै एमालेका महासचिव ईश्वर पोखरेलले संविधान संशोधनलाई पेश हुन नदिने घोषणा गरेका छन् । सरकारले ल्याएका विधेयक राष्ट्रघाती भएकोले यसलाई संसदमा पेश हुन नदिने पोखरेलले बताए । कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालले षड्यन्त्रपूर्वक संशोधन, विधेयक ल्याएको भन्दै पोखरेलले हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने र अंगीकृतलाई राष्ट्रप्रमुख बनाउनेगरी ल्याएको विधेयकलाई असफल पार्ने उद्घोष गरे । त्यस्तै सीमांकनको हेरफेर गर्ने अधिकार प्रदेश सभालाई मात्रै रहेको उनले बताए । त्यस्तै गरि बहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पाश्वानाले आफूहरुले अखण्ड नेपाल चाहेको बताएका छन् । सभालाई सम्बोधन गर्दै पाश्वानले तराईका दलित, मुस्लिम र पिछडिएका वर्गहरुले राष्ट्रियताको पक्षमा आन्दोलन गर्न जरुरी रहेको बताए । अरुको इशारामा काम गर्नेहरु देशभक्त नहुने भन्दै पाश्वानले काम गर्न नसके बाटो छोड्ने सरकारलाई आग्रह गरे । संविधान संशोधनको विरोधमा उत्रिएको आमसभालाई सम्बोधन गर्दै नेपा पार्टीका सांसद लक्ष्मण राजवंशीले संशोधन विधेयकलाई कुनै पनि हालतमा पेश हुन नदिने बताएका छन् । उनले भने, ‘कसैलाई प्रधानमन्त्री हुनु होला, कसैलाई सरकार लम्ब्याउनु होला । प्रधानमन्त्री हुनका लागि कसैको आदेशमा नचल्नुस् । जनतालाई ध्यान दिनुस् ।’ जनतासँगको सम्बन्ध कहाँ पुगेको छ भनेर ध्यान दिन भारतलाई समेत उनले आग्रह गरेका छन् । राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकका अध्यक्ष शिवलाल थापाले संविधान संशोधन विधेयक जबरजस्ती ढंगले लैनचौरबाट आएको आरोप लगाएका छन् । सभामा उनले भने,‘सीमांकन केही सकरात्मक भएपनि अरु सबै राष्ट्रघाती भएको छ । नागरिकता भाषालगायतका कुनै पनि प्रावधानमा हाम्रो सहमति छैन ।’

एमालेसहितका नौ दल जनपदर्शन संविधान संशोधन

विशेष